“रोनाल्डोले युनाइटेडलाई खत्तम बनाउँदैछन्, स्वार्थी खेलाडी गोल मात्र गर्न खोज्छन्”

नेदरल्याण्ड्स र अजाक्सका पूर्व स्टार ड्यानी ब्लाइन्डले म्यानचेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको आगमनले क्लबको आक्रमण पङ्क्तिलाई असर गरेको आरोप लगाएका छन्।

मिरर मार्फत डच आउटलेट स्पोर्टनिएउजसँग बोल्दै म्यानचेस्टर युनाइटेडले रोनाल्डोको आगमनपछि आफ्नो शैली बिर्सिएको र क्लबको शैलीमा खेल्न छाडेको ड्यानी ब्लाइन्डले बताएका छन्। ब्लाइन्डले रोनाल्डो माथि आरोप लगाएका छन् कि पोर्चुगिज कप्तान गोल गर्न मात्र चाहन्छन् र आफ्नो लागि अरु सबैले बाँकी सबै काम गरुन् भन्ने सोच राख्छन्।

ब्लाइन्डले भने,”रोनाल्डोलाई वास्तवमा सक्रिय भूमिका खेल्नु परेको छैन। तर अन्य खेलाडीले आफ्नो सबै काम गरोस् भन्ने लाग्छ भने यो कसरी सम्भव हुन्छ। सामान्यतय एक स्ट्राइकरले डिफेन्स लाइनमा निकै सक्रिय भूमिका खेल्छन्, तर रोनाल्डोले त्यसो गर्दैनन्। जसको कारण आक्रमण पङ्क्तिमा गलत असर पर्ने गर्छ। अब, उनीहरु आफ्नो परिचित ढाँचामा खेल्दैनन्।”

रोनाल्डोले आफ्नो गोलको बारेमा मात्र सोच्ने र अरु केहि काम नगर्ने आरोप लगाउँदै उनले थपे,”जब बल विक्षेपित तब एक खेलमा पोग्बा कराइरहेका थिए कि विपक्षी माथि दबाब बनाउनुपर्छ, बल खोस्नुपर्छ। रोनाल्डोले त्यसो गरेनन्, उनि त्यस्ता छैनन्। उनी मात्र गोलको बारेमा सोच्छन् र आशा गर्दछन् कि अरुले बल जित्नेछन्।”

यसै सिजन मात्र युभेन्टसबाट युनाइटेड आएका रोनाल्डोले क्लबका लागि सुरुवाती ६ खेलमा ५ गोल गर्न सफल भएका छन्।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१४:२५

पेनाल्टी मिस गरेपछि जब एम्बाप्पे फ्रान्स छाड्ने मुडमा पुगे …