पेनाल्टी मिस गरेपछि जब एम्बाप्पे फ्रान्स छाड्ने मुडमा पुगे …

एजेन्सी – युरोपियन च्याम्पियनशिप २०२० पश्चातको समय फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेका लागि सहज रहेन। युरो कपको अन्तिम १६ स्विजरल्याण्ड विरुद्धको खेलमा एम्बाप्पेले पेनाल्टी मिस गरेका थिए। उनले पेनाल्टी मिस गरेकै कारण फ्रान्स प्रतियोगिताबाट बाहिरिन पुगेको थियो।

पेनाल्टी मिस गरेपछि उनले कयौं आलोचना खेप्नुपर्यो। फ्रेन्च मिडियाहरु उनी माथि यसरी खनिएकी उनले उनले धेरै नै ठुलो अपराध गरेका थिए। तयारी मात्र होइन, एम्बाप्पे सामाजिक संजालमा पनि व्यापाक ट्रोल भए।

उनको पिडा यतिमा सिमित रहेन। उनलाई राष्ट्रिय टोलीमा पनि अफ्ठेरो महसुस गराउने काम भयो। एम्बाप्पे आफैंले राष्ट्रिय टोलीमा युरो पछि कस्तो व्यवहार भयो भन्ने बारे एक अन्तर्वार्ताका क्रममा स्मरण गरेका छन्।

युरोमा पेनाल्टी मिस गरेपछि फ्रेन्च राष्ट्रिय टोलीका आफ्ना सहकर्मीहरुले आफ्नो कारण समस्या भएको जस्तो व्यवहार गरेको एम्बाप्पेले एक अन्तर्वार्तामा बताए।

युरोको हारपछि धेरै खेलाडीहरुले हारको मूख्य कारण उनी भएको भान हुने व्यवहार गरेको र त्यसले आफूलाई धेरै चिन्तीत बनाएको एम्बाप्पेको भनाई छ।

आफू फ्रेन्च राष्ट्रिय फुटबल टोलीका लागि जे गर्न पनि तयार रहेको एम्बाप्पेले बताए। उनले भने,”मैले फ्रान्सेली राष्ट्रिय टीमबाट खेल्नको लागि एक यूरो पनि लिएको छैन। म सधैं मेरो राष्ट्रिय टीम को लागी नि: शुल्क खेल्ने छु। त्यो भन्दा माथि म समस्या हुन चाहन्न।”

युरोको पेनाल्टी मिस गरेपछिको समय आफ्नो फुटबल करियरकै तनावपूर्ण रहेको एम्बाप्पेले बताए। सामाजिक संजालमा समेत आफूले धेरै घृणा भोगेको एम्बाप्पेले सुनाए।

“तर त्यो पल बाट जहाँ मलाई लाग्यो कि म एक समस्या बन्न थालेको छु र मानिसहरुलाई पनि लाग्यो कि म एक समस्या हुँ। मेरो इगोका कारण टोली हारेको भन्दै मेसेज पनि आए। केहिले म नभएको भए फ्रान्सले जित्थ्यो समेत भने। “,एम्बाप्पेले भने,”म बिना नै फ्रान्सको राष्ट्रिय टोली खुशी र सफल हुन्छ भने म राष्ट्रिय टोली छाड्न तयार छु।”

पेनाल्टी मिस गरेकै कारण आफूलाई ‘बाँदर’ समेत भन्ने काम भएको एम्बाप्पेले खुलासा गरे। अहिले ती सबै कुराहरुलाई बिर्सिएर आफू अगाडी बढिरहेको एम्बाप्पेले सुनाए।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१५:२१

फ्रान्सको राष्ट्रिय टोली छाड्न तयार रहेको एम्बाप्पेको घोषणा !