रेखाको यो बानिका कारण आमिरले कहिल्यै काम गर्न चाहेनन् !

एजेन्सी – अभिनेत्री रेखाको बलिउडमा छुटै क्रेज छ। उमेरले ६० काटिसकेपनि उनकोए सुन्दरताको चर्चा अझै हुने गर्छ। बलिउडमा उनके कयौं स्टारहरुसंग काम गरिसकेकी छन्। उनले आफ्नो जवानका पूराना देखि नयाँ कलाकार सम्म समेत कम गरिन्।

तर उनले आमिर खानसँग भने काम गरेकी छैनन्। विभिन्न भारतीय संचार माध्यमका अनुसार आमिर खानले कहिले पनि रेखासंग काम गर्ने चाहना राखेनन्।

किने रेखासंग काम गरेन चाहना आमिरलाई भएन ?

रेखा ८० र ९० को दशकमा अत्यन्त चर्चित थिइन् भने उनी धेरै व्यस्त पनि थिइन्। त्यससमयमा आमिर खानको नाम बलिउडमा त्यति चर्चित थिएन। तरपनि आमिरले रेखाको काम धेरै नजिकबाट नियाल्ने मौका पाएका थिए।

वास्तवमा रेखाले आमिर खानका पिता ताहिर हुसेनसँग फिल्म ‘लकेट’ मा काम गरेकी थिइन्। जब रेखा उक्त फिल्ममा काम गरीरहेकी थिइन्, त्यति बेला उनी शुटिङ शेटमा धेरै ढिला आउने गर्थिन्। रेखाको ढिला आउने बानिकै कारण उक्त चल्चिरा दोहोर्याएर शुटिङ गर्न परेको थियो।

सायद रेखाको ढिला आउने नराम्रो बानिले आमिरलाई नराम्रो असर पार्यो। त्यसै भएर होला आमिरले कहिल्यै रेखासंग काम गरेनन्। रेखा र आमिर बीच खासै केहि नराम्रो भएको थिएन। तर पनि आमिरले रेखाको साथमा काम गर्न चाहेनन्।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१६:५९

अभिनेत्री यामीलाई सानैदेखि छ यस्तो रोग, उपचार असम्भव!