पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या हजार भन्दा पनि कम, निको हुने दर उच्च !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ भने एन्टिजेन विधिबाट ९२ हजार ४५८ जनामा संक्रमण पुष्टि भएको छ।

थप ११ हजार ५८२ जनाको पिसिआर परीक्षण तथा ४ हजार ४६० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ७६२ तथा एन्टिजेनबाट २०६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४२ लाख ४५ हजार ६३८ जना पुगेको छ । हालसम्म ७ लाख ७१ हजार ३३८ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ११४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९६ दशमलप ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १६ हजार २४८ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ६ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार १८०  पुगेको छ।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१७:०९

गोरेसहित छ जनालाई जन्मकैदको फैसला