न्यादी हाइड्रोपावरको आइपिओमा १३ गुणा बढी आवेदन, २१ लाख बढीको हात रित्तै हुने पक्का !

काठमाडौँ – न्यादी हाइड्रोपावर कम्पनीको आइपिओका लागि आवेदन दिने समय सकिएको छ। गएको असोज १५ गते देखि सर्वसाधारणका लागि खुला भएको आइपिओको आवेदन दिने समय मंगलबार साँझ ५ बजेबाट सकिएको हो।

कम्पनीले र्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयरका लागि आवेदन माग गरेको थियो। तर मंगलबार साँझ सम्म कम्पनीको शेयरका लागि १३ गुणा भन्दा बढी आवेदन परेको छ।

विक्री प्रबन्धक ग्लोबल आइएमईका अनुसार २३ लाख ५७ हजार १६६ जनाले आवेदन दिएका छन्। आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ता अर्थात २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्मका लागि २२ लाख ५० हजार कित्ता शेयरका लागि आवेदन खुला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको थियो। बाँकी २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणको भागमा परेको थियो।

आइपिओ बाँड-फाँड हुँदा २ लाख ९ हजार २ सय ५० जना सर्वसाधारणले शेयर पाउनेछन् भने बाँकी २१ लाख भन्दा बढीको हात खालि हुनेछ।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१८:१८

खुल्यो ९० करोड बराबरको आइपिओ: धेरै निराश हुन नपर्ने, कति कित्ता भर्ने ?