एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्ण प्रशिक्षक एलेक्स फर्गुसनले एभर्टन विरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डोलाई शुरुवातमै नउतार्ने युनाइटेडको निर्णय माथि प्रश्न उठाएका छन्। सामाजिक संजालमा दखिएको एक भिडियोमा रोनाल्डोलाई वैकल्पिक खेलाडीको रुपमा मैदानमा उतारिएको प्रति प्रश्न गरिरहेको देखिएको छ।
प्रिमियर लिग अन्तर्गत एभर्टन विरुद्ध युनाइटेडले रोनाल्डोलाई वैकल्पिक खेलाडीको रुपमा मैदानमा उतारेको थियो। युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्साएरले रोनाल्डोलाई शुरुवाती ११ मा समावेश नगरी बेन्चमा राखेका थिए। सोल्साएरले रोनाल्डोलाई खेलको ५७ मिनेटमै मैदान प्रवेश गराएका थिए।
खेल बराबरीमा टुंगिएको थियो। खेल सकिएपछि रोनाल्डो निराश देखिएका थिए। रोनाल्डोलाई बेन्चमा राखिएको भन्दै सोल्साएरको आलोचना भैरहेका बेला फर्गुसनको भिडियो बाहिरिएको छ। उक्त भिडियोमा फर्गुसनले उत्कृष्ट खेलाडीलाई सधैं शुरुवातमा उतार्नुपर्ने बताइरहेको देखिएका छन्।
मार्शल आर्ट सुपरस्टार खाबिब नुरमागोमेडोभसँग कुराकानी गर्नेक्रममा फर्गुसनले रोनाल्डोलाई बेन्चमा देख्दा एभर्टनका खेलाडीहरुको मनोबल बढेको र त्यसले युनाइटेडलाई घाटा पुर्याएको संकेत गरिरहेको देखिएको छ।
"You should always start with your best players" 👨🏻🏫
Sir Alex Ferguson suggests that Ole Gunnar Solskjaer should have started Cristiano Ronaldo against Everton ⬇️ pic.twitter.com/cnA5EOKSNi
— Mirror Football (@MirrorFootball) October 4, 2021
आफ्नो कदमको बचाउ ?
सोल्साएरले रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय बचाउ गरेका छन्। खेलपछि उनले टीममा सन्तुलन मिलाउन र सबै खेलाडीहरुलाई मौका दिनुपर्ने अवस्था रहेको कारण आफूले त्यसो गरेको बताए। सिजन लामो भएको र खेलाडीहरुको कार्यभार घटाउन भएपनि आलोपालो खेलाइनु पर्ने सोल्साएरको भनाई थियो।
युनाइटेड अहिले प्रिमियर लिगको चौंथो स्थानमा छ। ७ खेल खेलेको उसले १४ अंक जोडेको छ। अहिले सम्म युनाइटेडले १ खेलमा हर बेहोरेको छ भने २ खेलमा बराबरी खेलेको छ।