चीनले कब्जा गरे विनाशकारी नतिजा : ताइवान

ताइपेइ । ताइवानकी राष्ट्रपतिले आफ्नो देशलाई चीनले कब्जा गरे एसियाको शान्ति र प्रजातन्त्रमा विनाशकारी परिणाम आउने चेतावनी दिएकी छन् । राष्ट्रपति त्साई इङ वेनले ताइवानले सैन्य टकराव नचाहेको बताएकी छिन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

यद्यपि आफ्नो रक्षाको लागि आवश्यक कदम भने ताइवानले उठाउने उनको भनाइ छ । चीनले ताइवानमाथि दबाब बढाइरहेको समयमा ताइवानकी राष्ट्रपतिको यस्तो भनाइ आएको हो ।

चीनले ताइवानलाई आफ्नो एक प्रान्त मान्दै आएको छ । पछिल्लो चार दिनमा चीनका करिब डेढ सय चिनियाँ फाइटर विमान ताइवानको हवाइ रक्षा क्षेत्रमा प्रवेश गरिसकेका छन् ।

चीन र ताइवानको विवादमा अन्य मुलुकले पनि चिन्ता व्यक्त गरेका छन् । जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगीले यो विवाद कुटनीतिक माध्यमबाट समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

उनले यो घटनालाई नजिकबाट नियालिरहेको र उनीहरुबीच उत्पन्न हुन सक्ने सम्भावित अवस्थाको विकल्पको लागि पनि तयार रहेको बताएका छन् । चीनले भने यो क्षेत्रमा अमेरिका र उसका सहयोगी मुलुकको युद्धपोतको कारण समस्या उत्पन्न भएको बताएको छ ।

प्रकाशित : बुधबार, असोज २०, २०७८०९:०७

देउवा–पौडेल बीच फेरी लफडा, बालुवाटारमै भनाभन !