नवरात्रीको समय गर्नुहोस् यस्ता कार्य: प्रशन्न हुनेछिन् दुर्गा माता, कहिल्यै हुँदैन धनको कमी !

माता दुर्गाको पवित्र नौ दिन, नवरात्री भोलिबाट सुरु हुन गइरहेको छ। शारदीय नवरात्री भोलि अर्थात् असोज २१ गतेबाट सुरु हुँदैछ, जसको समापन असोज २८ गते हुनेछ। जसको भोलिपल्ट अर्थात् असोज २९ गते विजया दशमी मनाइनेछ। नवरात्री विशेषगरी दुबै धार्मिक, आध्यात्मिक तर्फबाट विशेष छ। तपाईंलाई यो कुरा थाहा नहुन पनि सक्छ कि पहिलो दिन माता दुर्गाको पूजाको कलश स्थापना गरेदेखि नवरात्रीको अन्तिम दिनसम्म माता दुर्गाको पूजा गर्दा वास्तुशास्त्रको सिद्धान्तहरुको पनि पालना गरिन्छ।

वास्तु उपाय

यो मान्यता छ कि वास्तु अनुसार देवीको पूजा गर्दा व्यक्तिले शुभ र इच्छित परिणाम प्राप्त गर्दछ, उसको जीवनमा सधैं सकारात्मकता रहन्छ। यस लेखमा, हामी तपाईंलाई केहि यस्ता वास्तुशास्त्रका उपायहरु बारे बताउन जाँदैछौं जसले नवरात्रीलाई अझ अनुकूल र तपाईंको लागि लाभदायक बनाउन सक्छ।

मुख्य द्वारमा स्वस्तिक चिन्ह बनाउनुहोस्

सनातन धर्मको मान्यता अनुसार माता दुर्गा नवरात्रीको समयमा आफ्नो भक्तको घरमा आउँछिन्, दुर्गा माताको आगमनलाई अधिक शुभ बनाउनको लागि तपाईं आफ्नो घरको बाहिर आँपको पातहरुको एक तोरण लगाउनु पर्छ र साथै मुख्य द्वारमा एक स्वस्तिक चिन्ह बनाउनु पर्छ। स्वस्तिक चिन्ह बनाउन बेसार, केसर र चामलको मिश्रणको उपयोग गर्नुपर्छ।

काठको आसनमा गर्नुहोस् दुर्गा माताको स्थापना

माता दुर्गाको मूर्ति स्थापना कुनै काठको आसनमा नै गर्नुहोस्। ध्यान राख्नुहोस् कि मूर्ति स्थापना गर्नुअघि, त्यो आसनमा एक स्वस्तिक चिन्ह बनाउनुहोस्। वास्तु शास्त्र अनुसार यसो गर्नु धेरै शुभ मानिन्छ।

दिशाको ध्यान राख्नुहोस्

वास्तु शास्त्र अन्तर्गत दिशाहरुलाई ध्यान दिईन्छ। कुन दिशामा तपाईं दुर्गा माताको आसन राख्नुहुन्छ, यसले तपाईंको पूजा र भक्तिबाट प्राप्त हुने फललाई असर गर्दछ। वास्तुशास्त्रको सिद्धान्त अनुसार घरको उत्तर वा उत्तर-पूर्व दिशामा माताको आसन स्थापित गर्नु शुभ हुन्छ।

कालो वस्त्रको प्रयोग नगर्नुहोस्

नवरात्रीको समयमा कुनै प्रकारको कालो वस्त्र प्रयोग नगर्नुहोस्। यो रङ्ग पूजामा त गर्नु हुँदैन नै तर तपाईंले पनि यस समयमा कालो रङ्गको कपडा लगाउनु हुँदैन।

प्रकाशित : बुधबार, असोज २०, २०७८११:०४

नवरात्रीको समयमा भुलेर पनि सेवन नगर्नुहोस् यस्ता चिज, अन्यथा हुनसक्छ अनिष्ट !