मलाई ठिक्क पर्न आउँदैन भन्दै आँचलले सार्वजनिक यस्ता तस्विर ! [तस्विर सहित]

काठमाडौँ – आँचल शर्मा प्रयास जसो चर्चामै रहने नायिकामा पर्छिन्। आलोचना होस् अथवामा वाहवाही, जे भएपनि आँचललाई दुवै कुराले लाइमलाइटमा रखिरहेकै हुन्छन्।

कोरोना महामारीका कारण सिनेमा हालहरु बन्द भएपछि चलचित्रहरु खासै निर्माण हुन सकेनन्। त्यस्तोमा उनले आफूलाई म्युजिक भिडियोहरुमा व्यस्त बनाइन्। आँचल म्युजिक भिडियोहरुमा रुचाइने नायिका मध्येमा पनि पर्छिन्।

साथै आँचल सामाजिक संजालमा पनि सक्रिय छिन्। उनले नियमित जस्तै तस्विरहरु सामाजिक संजालमा सार्वजनिक गर्ने गरेकी छन्। तस्विरलाई लिएर आलोचना र चर्चा दुवै हुने गर्छ।

बुधबार मात्र आँचलले केहि तस्विरहरु इन्स्टाग्राममा सार्वजनिक गरेकी छन्। तस्विर सार्वजनिक गर्दै उनले आफू अरुको नक्कल नगर्ने र ठिक्क पार्न नजान्ने बताएकी छन्।

“म म हुँ .. म अरु सबै जस्तो बन्ने नाटक गर्दिन र म ठिक्क पार्नको लागि आफूलाई परिवर्तन गर्न सक्दिन। “,आँचलले तस्विर सार्वजनिक गर्दै केहि शब्द इन्स्टाग्राममा लेखेकी छन्।

प्रकाशित : बुधबार, असोज २०, २०७८१३:१२

किन यी कलाकार प्रियंकासंग काम गर्न मान्दैनन् ? कारण सुन्दा अचम्म लाग्न सक्छ !