यी प्रशिक्षक भन्छन्-“मेस्सीलाई राम्रो पास दिएन भने केहि गर्न सक्दैनन्”

पाराग्वे राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक एडुआर्डो बेरिजोका अनुसार आफ्नो टोलीले विश्वकप २०२२ छनौट खेलमा अर्जेन्टिना विरुद्धको खेलमा आफ्नो टोलीको मुख्य ध्यान अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई बक्स भित्र बल नदिनेमा केन्द्रित हुनेछ।

बिहिबार मेस्सीको कप्तानीमा रहेको कोपा अमेरिका च्याम्पियन्स विरुद्धको खेलअघि बोल्दै बेरिजोले आफ्नो टोलीले ३४ वर्षीय स्ट्राइकरलाई रोक्ने बारे चर्चा भएको पनि बताएका छन्।

“मेस्सीको विरुद्ध खेल्दा पहिलो कुरा भनेको अर्जेन्टिनी कप्तानलाई बल दिने खेलाडीलाई दबाबमा राख्नु हो,” अर्जेन्टिनी प्रशिक्षकले भने,”यदि कुनै खेलाडीले मेस्सीलाई बल दिन सफल भयो भने मेस्सी निकै उत्कृष्ट भएर निक्सिनेछन्। त्यसैले, हामीले मेस्सीलाई बल दिने खेलाडीलाई दबाब दिनुपर्छ।”

बिहिबार पाराग्वे विरुद्धको खेलपछि अर्जेन्टिनाले अक्टोबर १० मा उरुग्वे र अक्टोबर १४ मा पेरुसँग खेल्नेछ। त्यस्तै, पाराग्वेले भने अक्टोबर १० मा चिल्लीसँग भिडेपछि अक्टोबर १४ मा बोलिभियासँग खेल्नेछ। दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौटमा अर्जेन्टिना ८ खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने ७ अंक जोडेको पाराग्वे छैठौं स्थानमा रहेको छ।

प्रकाशित : बुधबार, असोज २०, २०७८१६:३८

“युनाइटेडले रोनाल्डोलाई मेरो घरेको करेसाबाट अनुबन्ध गरेको हो”- लिनेकर