काठमाडौँ – घटस्थापनाको दिन आज सुनको मूल्य बढेको छ। बुधबार घटेको सुनको मूल्य आज बढेको हो। यस अगाडी सुनको मूल्य आइतबार बढ्दा सोमबार स्थिर रहेको थियो भने मंगलबार बढेर बुधबार घटेको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ४ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै बढेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८९ हजार ९ सय ५० रुपैंयाँ कायम भएको छ।
यस अगाडी छापावाला सुन आइतबार-सोमबार ८९ हजार ८ सय, मंगलबार ९० हजार ३ सय र बुधबार ८९ हजार ९ सय रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुन आइतबार-सोमबार ८९ हजार ३ सय ५०, मंगलबार ८९ हजार ८ सय ५० र बुधबार ८९ हजार ४ सय ५० रुपैंयाँमा कारोबार भयको थियो।
सुन असोज महिनाकै महँगो
आज कायम भएको सुनको मूल्य यस महिनाकै महँगो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका आज सुन भदौ ३१ गते यताकै महँगो हो। त्यस दिन छापावाला सुन ९० हजार ५ सय र तेजाबी सुन ९० हजार रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला रु १० ले बढेर १ हजार १ सय ७० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।