पेप ग्वार्डिओलाले बार्सिलोनामा सँगै रहँदा लियोनल मेस्सीलाई मध्यरातमा से-क्स प्रतिबन्ध लगाएका थिए। स्पेनिस प्रशिक्षकको प्रशिक्षणमा फल्स ९ का रूपमा खेलेका मेस्सीले आफ्नो करियर कै सर्वाधिक सफल समय बिताए।
ग्वार्डिओला र मेस्सीको जोडिले बार्सिलोनामा ४ वर्ष बिताउँदा ४ लालिगा उपाधि, २ च्याम्पियन्स लिग उपाधि गरेर कुल १४ उपाधि जित्न सफल भएका थिए। ३४ वर्षीय स्ट्राइकरले ग्वार्डिओलाका लागि खेल्दा २१९ खेलमा २११ गोल गर्न सफल भए। यसका साथै सिटी प्रशिक्षकले क्लब छाडेको केहि महिनापछि आफ्नो चौंथो ब्यालुन डी ओर जित्नु अघि ३ ब्यालुन डी ओर जितेका थिए।
ग्वार्डिओलाले मेस्सीको सर्वोच्च प्रतिभाको पूर्ण फाइदा प्राप्त गर्नको लागि केहि रोचक नियम समेत लागू गरेका थिए। सिटीका केहि समय ग्वार्डिओलाको प्रशिक्षणमा खेलेका सामिर नाज्रीका अनुसार मांसपेशी रिकभरी सुधार गर्नको लागि मेस्सीको शारीरिक सम्बन्धमा कर्फ्यु लागेको थियो।
“ग्वार्डिओलाको लागि आफ्ना खेलाडीले मध्यराति अगाडी नै यौ-न गतिविधि सकिसक्नु पर्थ्यो ताकी राम्रोसँग खेलाडीको निन्द्रा पुगोस्,” नाज्रीले भने। पूर्व बार्यन प्रशिक्षकले मेस्सीको लागि पनि सोहि नियम लागू गरेको आफूहरुलाई बताएको पनि नाज्रीले खुलासा गरेका छन्।