शारदीय नवरात्रि आज अर्थात् असोज २१ गतेबाट सुरु भएको छ । यस समयमा मानसिहरु विभिन्न धार्मिक स्थलको दर्शन गर्नुको साथै यस नवरात्रिको समयमा माता दुर्गाको नाममा व्रत बस्ने प्रचलन रहेको छ । तर यस नवरात्रिमा व्रत बस्ने क्रममा मानिसहरु विभिन्न गल्ती गर्छन् । जसको कारण ऊनिहरुको व्रत पूर्ण हुन सक्दैन र मनोकामना अधुरै हुन्छ । भोलिबाट सुरु हुन लागेको यस नवरात्रीको समयमा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ति र पालना गर्नुहोस् यस्ता नियमहरु पालना गर्नुहोस्।
व्रत बस्नुको मतलब अन्न नखानु मात्र हैन । मनमा विभिन्न नकारात्मक विचारलाई हटाइ भगवान् प्रति मन एकत्रित गर्नु पनि हो । व्रतको समयमा पूजा पाठमा ध्यान केन्द्रित गरेर नियम अनुसार पूजा गर्नु पानी हो । त्यसैले यस नवरात्रिको समयमा यस्ता नियमको अवश्य पालना गर्नुहोस् ।
– नवारत्रिको समयमा विधि-विधान अनुसार पहिलो दिन घटस्थापना गर्नु होस् ।
– नवरात्रीको समयमा सधैँ बिहान सबेरै उठेर नुहानुहोस् साथै पूजा स्थलको राम्री सँग सरसफाइ गर्नुहोस् । र विधि अनुसार पूजा पाठ गर्नुहोस् ।
– बिहान बाहेक साझको समयमा पनि दियो बालेर जमरा राखेको ठाउँमा पनि हाल्नुहोस् ।
– दिनको समयमा समय मिले अनुसार सधैँ दुर्गा सप्तशतीको पाठ गर्नुहोस् ।
– व्रतमा फलफूल खानुहोस्। भुलेर पनि माछा मासु खानु हुँदैन ।
– यस समयमा कपाल नङ नकाट्नु होस् ।