काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख २८२ पुगेको छ भने एन्टिजेन विधिबाट ९२ हजार ७९० जनामा संक्रमण पुष्टि भएको छ।
थप ७ हजार २६४ जनाको पिसिआर परीक्षण तथा ३ हजार ४०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ६६७ तथा एन्टिजेनबाट १३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४२ लाख ६४ हजार ०६७ जना पुगेको छ । हालसम्म ७ लाख ७३ हजार १४० जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९११ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९६ दशमलप ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १५ हजार ९४२ रहेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ८ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार २०० पुगेको छ।