एम्बाप्पे पीएसजी मै बस्ने सम्भावना बढ्यो ? रियल म्याड्रिडको के हुन्छ अब ?

एजेन्सी – युवा स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने विषय अझै नटुंगिएको बताइएको छ । उनीकी आमा फायजा लामारीले फ्रान्सेली क्लबसँग उनको सम्झौता नविकरणका विषयमा छलफल भइरहेको बताएकी छन् ।

सिजनको सुरुवातमा रियल म्याड्रिडमा सुरुवा हुन नपाउँदा एमबाप्पे निराश भएका थिए । अहिले पनि जनवरीको सरुवा बजारमा उनले रियलका लागि अर्को सिजनका लागि सम्झौता गर्ने सम्भावना छ । तर, पिएसजी र उनको परिवारले लिग वान क्लबमा बस्ने विषयमा पनि छलफल चलाइरहेको छ ।

‘हामीले पिएसजीसँग हालै मात्र कुराकानी गरेका छौं । सबै कुरा सकारात्मक छन्’, लामारीले भनेकी छिन्, ‘मैले लियोनार्दोसँग कुरा गरेको थिए । एउटा कुरा प्रष्ट छ क्लबलाई च्याम्पियन्स लिग उपाधि दिलाउनका लागि उनले आफ्नो तर्फबाट शतप्रतिशत दिनेछन् ।’

लामारीले आफ्नो छोरा पिएसजीमा खुसी रहेको पनि बताएकी छिन् । ‘केलियन खुसी छन् । यदि त्यस्तो हुन्थेन भने उनी हामीलाई बताउनका लागि सक्षम छन्’, उनले भनिन्, ‘उनले आफ्ना कुरा बताउँछन् । उनका बारेमा एक दिनबाट अर्को दिन पुग्दा परिवर्तन हुन सक्छ ।’

रियलमा खेल्ने एमबाप्पेको सपना

एमबाप्पले रियलबाट खेल्ने आफ्नो सपना रहेको पटक पटक दोहोर्याएका छन् । त्यसका बाबजुद पनि उनले पिएसजीसँगको सम्झौता नविकरण गर्न सक्ने संकेत गरेकी छिन् । अर्को तर्फ छोराले एक दिन रियलबाट खेल्ने सपना देखेको पनि स्वीकारेकी छन् ।

‘मलाई थाहा छ पिएसजी समर्थक खुसी छैनन् । तर एमबाप्पेको सपना पिएसजी र रियल दुवैबाट खेल्ने छ’, उनले थपिन्, ‘चार वर्षअघि पिएसजी भन्दा रियलको प्रस्ताव आकर्षक थियो । तर पनि हामीले पेरिस नै रोज्यौं । सिजनको सुरुवातमा उनले रियल जाने निर्णय लिए किन कि उनी उनी आफ्नो सपना पूरा गर्न चाहन्थो । उनी नयाँ कथाको सुरुवात गर्न चाहन्थे ।’

उनले रियलमा केहि खेलाडी थप्दा टोली फरक हुने विश्वास पनि व्यक्त गरिन् । ‘यदि केलियन रियलमा आबद्ध भएर अन्य तीन चार खेलाडी थपिए भने आउने चार वर्ष रियल अहिले जस्तो टोली रहने छैन’, उनले भनेकी छन् , ‘एम्बाप्पे रियलको खेलकुद योजनाको केन्द्रमा रहनेछन् । उनले त्यो चुनौतीलाई स्वकार्नुपर्ने हुन्छ ।’

एमबाप्पे नयाँ चुनौती चाहन्छन्

पिएसजीको यात्रा अन्त्य गर्दै आफ्नो छोरा नयाँ चुनौतीका लागि तयार रहेको बताएका छिन् । तर पिएसजीले भने उनलाई छाड्न मानेनन् । जबकी अर्को सिजन उनी फ्रि ट्रान्फरमा रियल जाने सम्भावना रहन्छ ।

पिएसजीमा यो उनको पाँचौ सिजन हो । उनीसँग सम्झौता थप्ने विकल्प छ । ‘अहिले पनि त्यो सम्भावना छ । भविष्यका बारेमा कसैले भन्न सक्दैन’, एमबाप्पेकी आमाले भनेकी छिन्, ‘यदि उनले छाड्न चाहे भने उनले पिएसजीमा आफ्नो यात्रा टुंगिएको बुझ्नुपर्नेछ । यदि उनले फ्रि ट्रान्फरमा जानु पर्यो भने त्यसमा हामी दोषी हुने छैनौं । तर मलाई थाहा छ पिएसजीले त्यो विषय बुझेको छ ।’ पिएसजीका अध्यक्ष नासिर अल खलिफाले १ सय ४५ मिलयन बाट बढाएर १ सय ८० मिलयनमा एमबाप्पेलाई मोनोकोबाट क्लबमा भित्राएका थिए ।

पिएसजीसँगको छलफल

नयाँ सम्झौताका लागि पिएसजीसँग पटक पटक छलफल भएको पनि उनले बताएकी छिन् । आउने दिनेमा त्यो विषयमा चाँडै निर्णयमा पुगिने पनि उनले संकेत गरेकी छन् । ‘उनका बुवा र वकिल हाम्रोतर्फबाट छलफलमा थिए । हामीले पहिलो र सरुवा बजारको अन्त्य तिरको प्रस्तावलाई अस्वीकार गरेका थियौं’, लामारीले थपिन्, ‘जति बेला हामी छलफल बस्छौं । पहिला क्लबको योजनाका विषयमा छलफल हुनेछ । त्यसपछिको एक घन्टा भन्दा कम समयमा आर्थिकलगायतका पाटोमा निर्णय लिनेछौं ।’

प्रकाशित : बिहिबार, असोज २१, २०७८१८:१२

भारत नेपालले हराएको श्रीलंकासँग बराबरीमा रोकियो !