यी खेलाडी भन्छन् – ‘मेस्सीलाई रोक्न अहिले धेरै सजिलो छ’

एजेन्सी – लालिगामा हुँदा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको कयौं पटक सामना गरेका एक खेलाडीले मेस्सीलाई पहिला जस्तो डिफेन्ड गर्न गार्हो नभएको बताएका छन्।

हाल लिग वान क्लब ट्रोयसबाट फुटबल खेलिरहेका आदिल रामीले मेस्सीलाई अहिले भन्दा पहिला डिफेन्ड गर्न धेरै गार्हो रहने गरेको बताएका हुन्। लिग वानको आधिकारिक वेबसाइटलाई अन्तर्वार्ता दिनेक्रममा रामीले मेस्सीलाई डिफेन्ड गर्न पहिला भन्दा अहिले धेरै सजिलो रहेको बताए।

मेस्सी विरुद्ध आफूले कहिले नजितेपनि बराबरी खेलेको उल्लेख गर्दै रामीले लालिगामा हुँदा मेस्सी धेरै नै बलियो रहेको सम्झिए। मेस्सीले अहिले धेरै पास खेल्न थालेको उनको भनाई छ।

“उनी धेरै बलियो थिए। त्यसबेला उनी जहिल्यै मेरो पछाडी हुन्थे। छिनभरमै उनी अफसाइड हुन्थे भने केहि समयमै हाफ सम्म पुगिसकेका हुन्थे।”,रामीले भने,”तर अहिले उनी बढी पास खेल्न थालेका छन्। त्यसैले डिफेन्डरहरुले उनलाई रोक्न मौका पाउँछन्।”

रामीले मेस्सीमा पहिला जस्तो रफ्तार नभएको पनि बताए। पहिला जस्तो अवस्थामा हुने हो भने मेस्सीलाई रोक्न अझै पनि गार्हो हुने रामीको भनाई छ।

प्रकाशित : बिहिबार, असोज २१, २०७८२२:२३

साफ च्याम्पियनसिप: इतिहास मै पहिलो पटक फाइनल खेल्ने नेपालको सम्भावना बलियो !