यी बलिउड स्टार तिर्छन् सबै भन्दा बढी बिजिली बिल ! कति ?

एजेन्सी – लगभग सबै बलिउड सुपरस्टार विलासी जीवन बिताउँछन्। चल्तीका बलिउड कलाकारहरुलाई केहि पनि कुराको कमी हुँदैन। उनीहरु जति कमाउँछन् त्यति नै अनुपातमा खर्च पनि गर्छन्।

उनीहरु विलासिताका वस्तुहरुमा अत्याधिक खर्च गर्छन्। त्यति मात्र होइन बलिउड कलाकारहरु शानदार र आलीशान घरमा बस्छन्। यस्तोमा तपाईले कहिल्यै ती कलाकारहरुको बिजुली बिल कति उठ्ला कहिल्यै सोच्नु भएको छ ? छैन भने आज हामी सबै भन्दा बढी बिजुली बिलको तिर्ने बलिउड कलाकारहरु बारे चर्चा गर्दैछौँ।

अमिताभ बच्चन

बलिउड महानायक अमिताभ बच्चन फिल्म उद्योगमा ५ दशक भन्दा बढी समय देखि छन् र उनी अझै पनि अभिनयमा सक्रिय छन्। अमिताभको एउटा ठूलो बंगला छ। जो जलसा को नाम बाट प्रसिद्ध छ। अमिताभको यो बंगलाको बिजुली बिल हरेक महिना लगभग २२ लाख भारतीय रुपैयाँ आउँछ। नेपालमा यो रकम ३५ लाख रुपैंयाँ भन्दा बढी हुन आउँछ।

शाहरुख खान

बलिउडका किंग खान शाहरुखको बंगला मन्नत मुम्बईको बान्द्रा क्षेत्रमा छ। जसमा उनी आफ्नो परिवार संग बस्छन्। शाहरुखको घरको एक महिनाको बिजुली बिल ४३ लाख भारतीय रुपैंयाँ आउँछ। यो रकम नेपालमा ६८ लाख रुपैंयाँ भन्दा बढी हुन आउँछ।

सलमान खान

बलिउडका भाइजान सलमान खान बांद्रा स्थित ग्यालेक्सी अपार्टमेन्टमा बस्छन्। लमान खान एक महिनामा २३ लाख रुपैयाँ बिजुली बिल तिर्छन्। यो रकम नेपालमा ३६ लाख रुपैंयाँ भन्दा बढी हुन आउँछ।

आमिर खान

बलिउड स्टार अभिनेता आमिर खानको घर मुम्बईको बान्द्रामा छ। आमिरको घरको बिजुली बिल करिब ९ लाख भरतीय रुपैयाँ आउँछ। यो रकम नेपालीमा १४ लाख रुपैंयाँ भन्दा बढी हुन आउँछ।

सैफ अली खान

बलिउड अभिनेता र पटौदी परिवारका नवाब सैफ अली खानको बिजुली बिल धेरै आउँछ। सैफको घरको बिजुली बिलमा करिब ३० लाख भारतीय रुपैयाँ खर्च हुन्छ। यो रकम नेपालीमा ४८ लाख हुन आउँछ।

दीपिका पादुकोण

अब बलिउडकी मस्तानी दीपिका पादुकोणको कुरा गरौँ। दीपिकाको घरको बिजुली बिल करिब १३ लाख भारतीय रुपैयाँ आउँछ। यो रकम नेपालमा २० लाख रुपैंयाँ भन्दा बढी हुन आउँछ।

प्रकाशित : शुक्रबार, असोज २२, २०७८००:२९

पौडेललाई आफ्नै गुट मिलाउन हम्मे-हम्मे, शुरु भयो नयाँ लफडा !