पूर्व मालिक माइक एशलेले प्रिमियर लिग क्लब न्युकासल युनाइटेड औपचारिक रूपमा ३२० बिलियन सम्पति साउदी अरब समर्थित कन्सोर्टियमलाई बेचेको छ। हामीले म्यानचेस्टर सिटी र पीएसजी जस्ता क्लबलाई जब निकै ठूलो सम्पति भएको मालिकले खरिद गरेपछि ठूलो रकम खर्चेको देख्दै आएका छौं।
यस्तोमा न्यूकासलका प्रशंसकहरुले आफ्नो क्लबले ठूला ठूला स्टारलाई अनुबन्ध गर्ने अनुमान गर्न सुरु गरिसकेका छन्। लामो समयदेखि प्रतिक्षित साउदी अधिग्रहणको खबर आउनु भन्दा पनि पहिला क्लबका समर्थकहरुले आफूले कुन-कुन स्टार क्लबमा देख्न चाहेको भन्दै मिम बनाउन सुरु गरिसकेका थिए।
क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, केभिन डी ब्रुइन र एर्लिंग हाल्याण्ड जस्ता सबै खेलाडीहरुलाई न्युकासलको सेतो र कालो जर्सीमा देख्न पाइएको छ। यी सबै स्टार भन्दा पनि सबैभन्दा नाम लिएको खेलाडी हुन् फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे। २२ वर्षीय स्टारले लामो समयदेखि पीएसजी छाड्ने इच्छा देखाइरहेका छन्।
निकै प्रभावशाली खेलाडी, २२ वर्षको उमेरमा विश्व विजेता बनिसकेका एम्बाप्पेको प्रतिभा हेर्ने हो भने प्रष्ट हुन्छ किन न्युकासल प्रशंसक एम्बाप्पेलाई आफ्नो क्लबमा देख्न चाहन्छन्। जसको कारण फ्यान्सले मजाक गर्दै अरबी मालिकलाई एम्बाप्पे किन्न पैसाको खोलो बगाइदिन आग्रह गरेका छन्।
हेर्नुहोस् केहि प्रतिक्रिया:-
⚫️⚪️⚪️⚫️⚪️⚪️⚫️⚪️⚪️⚫️@nufc 2022/2023 SEASON 🔥 @KMbappe @cristiano @ErlingHaaland @leomessi @neymarjr #football #footballmemes #footballnews #transfernews #skysport #premierleague #ronaldo #messi #haaland #neymar #mbappe #meme #newcastle #newcastlefc #news #breakingnews pic.twitter.com/MieHGf3wNE
— FootballAndFloodlights ⚽️🔦 (@FootballFloods) October 7, 2021
Messi and Mbappe to Newcastle pic.twitter.com/DHq7pccMlZ
— KHC 🇧🇩🇸🇩 (@KoyesC) October 7, 2021
Newcastle next season. pic.twitter.com/LCRIrG6l64
— The Goat🐐 #ifollowback (@messi30fc) October 7, 2021

