२३ दिन यताकै महँगो भयो सुन !

काठमाडौँ – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ। बिहिबार बढेको सुनको मूल्य आज शुक्रबार पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ६ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ ​सय रुपैंयाँले नै बढेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ९० हजार १ सय ५० रुपैंयाँ कायम भएको छ।

यस अगाडी छापावाला सुन आइतबार-सोमबार ८९ हजार ८ सय, मंगलबार ९० हजार ३ सय, बुधबार ८९ हजार ९ सय र बिहिबार ९० हजार ४ सय रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुन आइतबार-सोमबार ८९ हजार ३ सय ५०, मंगलबार ८९ हजार ८ सय ५०, बुधबार ८९ हजार ४ सय ५० र बिहिबार ८९ हजार ९ सय ५० रुपैंयाँमा कारोबार भयको थियो।

सुन २३ दिन यताकै महँगो

आज कायम भएको सुनको मूल्य ३ हप्ता भन्दा बढी समय यताकै महँगो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका आज सुन भदौ ३० गते अर्थात २३दिन् यताकै महँगो हो। त्यस दिन छापावाला सुन ९१ हजार २ सय र तेजाबी सुन ९० हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। नेपाली बजारमा आज चाँदी १ हजार १ सय ७० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, असोज २२, २०७८११:१७

मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी !