अबको केहि समयमै यस हाइड्रोपावरको आइपिओ बाँडफाँड हुदै, कसको भागमा कति?

काठमाडौँ, बुद्ध भुमि नेपाल हाइड्रोपावर  कम्पनिको आइपिओ बाँडफाँड आज हुने भएको छ । यस कम्पनिले सर्वसाधारणको लागि गत असोज ११ गतेबाट आइपिओ  निष्काशन तथा बिक्री खुला गरेको थियो  ।

यस  कम्पनिको आइपिओ मागभन्दा ३६.१८ गुणा बढी आवेदन परेको छ। बिक्रि प्रबन्धकका अनुसार कुल २,६९,२०,१२० एकाईको लागी २१,४२,००० ले आवेदन दिएका छन् । जसअनुसार १० कित्ताको दरले ७४ हजार ४ सय जना भाग्यमानीले शेयर पाउने छन भने बाँकि २०,६७,६०० जना आवेदकको हात खाली हुनेछ  ।

यस कम्पनिले प्रति सेयर १०० मूल्यका दरले ८ करोड रुपैया बराबरको ८ लाख कित्ता शेयर बिक्रि खुला गरेको हो। जसमध्ये १६००० कित्ता (२%) कम्पनीका कर्मचारीलाई, ४० हजार कित्ता (५%) म्युचल फन्डलाई र  बाकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि छुट्टयाईएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  सिभिल क्यापिटल मार्केट लिमिटेड  रहेको छ ।

कसरी हेर्ने नतिजा  ?

आइपिओको नतिजा सिडिएससीको वेबसाइट (https://iporesult.cdsc.com.np/) बाट हेर्न सकिन्छ । जसको लागि सिडिएससीको वेबसाइटमा गएर कम्पनि सेलेक्ट गरि 16-digit BOID मा आफ्नो डिम्याट नम्बर राखेर हेर्न सकिन्छ। साथै बिक्री प्रबन्धक सिभिल  क्यापिटल मार्केटको वेबसाइटमा गएर पनि नतिजा हेर्न सकिनेछ।

प्रकाशित : शुक्रबार, असोज २२, २०७८११:४७

दशैं सकिए लगतै आउँदै करोडौंको आइपिओ ! कुन कम्पनी ? हेर्नुहोस् !