जब आफ्नै पिताको विवाहमा सारा पुगिन्, सबै चकित परे !

एजेन्सी – अभिनेत्री करीना कपूर खान र अभिनेता सैफ अली खान बलिउडमा सबैभन्दा धेरै चर्चा हुने जोडी मध्ये एक हुन्। सन् २०१२ अक्टोबर ८ मा यी दुईको विवाह भएको थियो। उक्त विवाह करीनाको पहिलो थियो भने सैफको दोस्रो।

सैफको करीना भन्दा अगाडी पनि विवाह भएको थियो। उनकी पहिली श्रीमती अमृता सिंह हुन्। अमृतासँगको सम्बन्धमा दरार आएपछि सम्बन्ध विच्छेद भएको थियो। सम्बन्ध विच्छेद भएकी अमृताको तर्फबाट एक छोरा र छोरी छन्।

सैफको दोस्रो विवाहमा उनकी छोरी पनि जन्ती गएकी थिइन्। आफ्नै पिता सैफको विवाहमा पुग्दा सारा अल खानले सबैको ध्यान तानेकी थिइन्। आफ्नै पिताको विवाहमा सजिएर सारा पुगेकी थिइन् भने उनलाई सजाउने काम उनकी आमा अमृताले गरेकी थिइन्।

सैफको दोस्रो विवाहमा अमृता सहभागी नभएपनि उनका दुवै सन्तान सहभागी भएका थिए। उनका छोरा इब्राहिम र छोरी सारा दुवै सैफको विवाहमा सहभागी हुन पुगेका थिए।

करीना कपूरसंग साराले दिएकी थिइन् पोज

विवाहमा साराले करीनासँग फोटोहरु पनि खिचाएकी थिइन्। करीनासँग पोज दिंदै खिचाएका तस्विरहरु त्यससमयमा चर्चामा आएका थिए। बताइएअनुसार, करीनासँग साराको धेरै राम्रो सम्बन्ध छ। विभिन्न अवसरहरुमा सारा र करीना एक साथ देखिने गरेका छन्।

सारा अली खानले निर्देशक करण जोहरको शो कफी विथ करणमा आफ्ना आमा-बुवाले सम्बन्ध विच्छेद गरेकोमा आफूलाई कुनै दुख नरहेको बताएकी थिइन्। सम्बन्ध नचल्ने भएपछि सम्बन्ध विच्छेद गरेर आफ्ना माता-पिताले राम्रो गरेको सारा बताउँछिन्।

प्रकाशित : शुक्रबार, असोज २२, २०७८१२:५१

रोटि पकाउँदै देखिइन् सारा, देख्ने सबै परे चकित ! [तस्विर सहित]