कोरोना संक्रमित हुनेको सङ्ख्या लगभग ९ लाख पुग्यो !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ७६४  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ९९७ पुगेको छ भने एन्टिजेन विधिबाट ९२ हजार ८३९ जनामा संक्रमण पुष्टि भएको छ।

थप ९ हजार ४६६ जनाको पिसिआर परीक्षण तथा १ हजार २२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ७१५ तथा एन्टिजेनबाट ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४२ लाख ७३ हजार ५३३ जना पुगेको छ । हालसम्म ७ लाख ७४ हजार १७३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ०३३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९६ दशमलप ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १५ हजार ६१४ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १० जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार २१०  पुगेको छ।

प्रकाशित : शुक्रबार, असोज २२, २०७८१६:३१

मन्त्रिपरिषद् गठन ! कसलाई कुन मन्त्रालय ?