“न्युकासल सिटी र पिएसजी जस्तै ठूलो हुनेछ”

एजेन्सी – साउदी अरेबियाको सार्वभौम धन कोषले इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेड किनेको छ। साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गरेको हो।

साउदीले स्वामित्व किनेसँगै न्युकासल विश्वकै सबैभन्दा धनि क्लब मालिक भएको क्लब बनेको छ। साउदी कोषको सम्पत्ती ३ सय २० बिलियन पाउण्ड बराबर रहेको बताइन्छ। यति धनि संस्थाको हातमा क्लब पुगेपछि विश्वभर तरंग उत्पन्न भएको छ।

पछिल्लो समय अरबका देशहरुले फुटबल क्लबहरुमा लगानी गर्नेक्रम ह्वातै बढेर गएको छ। अरबका देश तथा धनाड्यहरुले क्लब खरिद गरेसँगै खेलाडीको किन-बेच्नमा उनीहरु हावी हुँदै गएका छन्। न्युकासल विश्वकै सबैभन्दा धनि क्लब मालिक भएको क्लब बनेसँगै न्युकासल म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन(पिएसजी) जस्तै हुने अनुमान गर्न थालिएको छ।

यसै बीच न्युकासल बिक्रीमा महत्वपूर्ण भूमिका खेलेकी अमान्डा स्टेभलीले न्युकासल पिएसजी र म्यानचेस्टर सिटी जस्तै हुने दावी गरेकी छन्। आउने समयमा न्युकासल पिएसजी र सिटी जस्तै अगाडी बढ्ने दावी उनले गरेकी हुन्।

एम मिडियालाई अन्तर्वार्ता दिनेक्रममा आउने ५-१० वर्षमा उपाधिहरु जित्ने न्युकासलको योजना रहेको स्टेभलीले बताइन्। ठूलो लगानी भित्रिएसँगै अब क्लबको परिवर्तन शुरु हुने उनको भनाई छ।

“के हामी पाँच देखि १० बर्ष भित्र प्रिमियर लिग जित्न चाहन्छौं? हो पक्कै पनि चाहन्छौं।”,उनले भनिन्,”यो अधिग्रहण धेरै परिवर्तनकारी हुनेछ। हामी ट्रफी चाहन्छौं। तर ट्रफीलाई लगानी, समय, धैर्य र टीम वर्कको आवश्यकता पर्छ। “

पिएसजी र सिटी जस्ता क्लबहरुले राखेको महत्वाकांक्षा न्युकासलको पनि रहने उनले बताइन्। उनले भनिन्,”पक्कै पनि ट्रफीको मामलामा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेनको जस्तै महत्वाकांक्षा हाम्रो पनि छ।”

प्रकाशित : शुक्रबार, असोज २२, २०७८१६:४१

साफ च्याम्पियनसिप: इतिहासमा पहिलो पटक फाइनल खेलको संहारमा नेपाल, यस्तो भए पक्का !