जेठान मन्त्री बनाएको भन्दै चोलेन्द्र माथि खनिए महेश बस्नेत, भन्न सम्म भने !

काठमाडौँ – सरकार गठन भएको झन्डै तीन महिना हुन लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले पूर्णता पाएको छ। गठबन्धन भित्र सहमति हुन नसक्दा र भागबण्डा नमिल्दा हुन नसकेको गठवन्धन सरकारको मन्त्रिपरिषद्ले शुक्रबारबाट प्पूर्णता पाएको हो।

शुक्रबार गठबन्धनका पार्टीको तर्फबाट मात्र नभई गैरपार्टी र गैरसांसद पनि मन्त्री नियुक्त भएका छन्। मन्त्री नियुक्त हुने गैरसांसदमा गजेन्द्र हमाल रहेका छन्। उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसै बीच नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले गजेन्द्र हमाललाई सामाजिक संजाल मार्फत बधाई दिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री बनेको भन्दै चर्चा गरिएका हमाललाई मात्र नभई बस्नेतले चोलेन्द्रलाई पनि बधाई दिएका छन्।

बस्नेतले फेसबुकमा यसो लेखेका छन् –

परमादेशबाट प्रधानमन्त्री बनेको ३ महिनामा सरकारले पूर्णता पाएछ । सांसद नभई निरदलिय मन्त्री बन्नु भएकोमा गजेन्द्र हमाललाई बधाई छ!

आफ्नो जेठान मन्त्री बनाएर शक्ति पृथकिकरणको सिद्धान्तलाई धज्जी उडाउँददै न्यायपालिका पनि गठबन्धनको छैठौं दल जसरी कार्यपालिकामा भागबण्डा खोज्ने प्रणाली बसालेकोमा चोलेन्द्र शमसेर राणा र भबिष्यमा राजदुत लगायत अन्य नियुक्ती ढुकेर बसेका परमादेश जारी गर्ने संवैधानिक इजलासका श्रीमान ५ न्यायाधीशहरुलाई अझ धरै बधाई छ!

कांग्रेस नरहे लोकतन्त्र रहदैन भनेर कुनै जमनामा भाषण गर्ने पार्टीका सभापति प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रधानमन्त्री बन्ने लोभमा लोकतान्त्रिक ब्यबस्था र प्रणाली समाप्त गर्न लाग्नु भएकोमा खेद छ । कोठीवालाको रिसले भाङग्राको धोती लगाएर हिडने प्रचण्ड र माधब नेपाल प्रति सहानुभूति छ ।

प्रकाशित : शुक्रबार, असोज २२, २०७८१८:४१

चोलेन्द्रलाई मन्त्रालय भाग लागेको आरोप बारे प्रचण्डले मुख खोले !