प्रचण्डलाई झारपातले त हेप्छ म किन नहेप्नु भन्दै कुर्लिएपछि …

काठमाडौँ – नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झारपातले पनि हेप्ने बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बाँस्कोटाले प्रचण्डलाई झारपातले पनि हेप्न थालेको बताएका हुन्।

एमाले काभ्रे-काठमाडौं सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै झारपातले समेत प्रचण्डलाई हेप्ने हुँदा आफू पनि प्रचण्डलाई हेप्न नछाड्ने बताए।

आफू माथि ७० करोडको आरोप लाग्दै आएको विषयमा समेत बोल्दै बाँस्कोटाले कम्फर्टेबल सरकार र अदालत भएको अवस्थामा छानबिन गरेर कारवाही गर्न चुनौती दिए।

“प्रचण्डले भुक्दै हिड्नु पर्दैन, मैले भन्देको छु । तिमीहरुको कम्पर्टेबल सरकार छ, कम्फर्टेबल अदालत छ । सक्छौ भने छानविन गर, कारवाही गरेर जेल हाल ।”,प्रचण्डलाई बाँस्कोटाको चुनौती छ।

यस अगाडी प्रचण्डलाई काभ्रेबाट चुनाव लड्न चुनौती दिसकेका बाँस्कोटाले प्रचण्डलाई हेप्ने मात्र नभई हराइदिने घोषणा पनि गरे। उनले भने,”अस्ति मेरो नाम लिँदै पुष्पकमलले हामीलाई हेप्ने ? भनेछन् । हेप्ने नै हो, प्रचण्डलाई झारपातले त हेप्छन्, गोकुल बास्कोटा त एमालेको नेता हो । हेप्ने नै हो र हराइदिने हो ।”

प्रकाशित : शनिबार, असोज २३, २०७८१३:१२

भागबण्डा मिलेपछि प्रचण्डले भने – ‘बल्ल दुर्घटना टर्यो’