तेलको पैसा भित्रिएसँगै आक्रामक हुँदै न्युकासल, पिएसजीका खेलाडी माथि नजर !

एजेन्सी – साउदी अरेबियाको सार्वभौम धन कोषले किनेसँगै इंग्लिस प्रिमियर क्लब न्युकासल युनाइटेडमा कयौं परिवर्तन हुने भएका छन्। विश्वकै सबै भन्दा धनि कोषले न्युकासल किनेसँगै क्लबमा विभिन्न परिवर्तन हुने भएका हुन्।

आउने १ दशक भित्र महत्वपूर्ण उपाधि जित्ने योजना सहित न्युकासल अगाडी बढ्न लागेको खबरहरु आएका छन्। त्यसका लागि क्लबले विस्तृत अभियान नै संचालन गर्ने बताइएको छ।

क्लबमा विश्वस्तरीय खेलाडीहरुलाई आकर्षित गर्ने भौतिक संरचना निर्माण गर्ने देखि नयाँ-नयाँ खेलाडी थपेर क्लबलाई बलियो बनाउने अभियान छिट्टै नै शुरु गर्ने न्युकासलको रहेको छ।

साउदी लगानी भित्रिएसँगै क्लब नयाँ खेलाडीहरुको खोजिमा जुटिसकेको खबरहरु आएका छन्। पछिल्लो एक खबरका अनुसार न्युकासलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को एक खेलाडी माथि नजर लगाएको छ।

विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार न्युकासलले पिएसजीका माउरो इकार्डीलाई प्राथमिकतामा राखेको हो। इकार्डी माथि पहिला देखि टोटेनहम र युभेन्टसको नजर रहेको र अहिले त्यसमा न्युकासल पनि जोडिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरु दावी गर्छन्।

पिएसजीमा कम मौका पाउने भएका कारण इकार्डी पनि पिएसजी छाड्ने पक्षमा रहेको बताइन्छ। आउने ट्रान्सफर विन्डोमा पिएसजीले उनलाई बिक्री गर्न चाहे न्युकासल, टोटेनहम र युभेन्टस बीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित : शनिबार, असोज २३, २०७८१७:१६

हालाण्ड चाहन्छन् अहिले सम्म कसैले नलिएको पारिश्रमिक, पिएसजी देखि रियल सम्म तनावमा !