यसपालि बालोन डी’ओरमा छैन रोनाल्डोको चान्स, यी ५ खेलाडीले पछि पार्ने पक्का ! [सूची सहित]

एजेन्सी – फ्रान्स फुटबलले सन् २०२१ को बालोन डी’ओरको अन्तिम ३० मनोनयन सार्वजनिक गरेको छ। फ्रान्स फुटबलले शुक्रबार राति बालोन डी’ओरको अन्तिम ३० मनोनयन सार्वजनिक गरेको हो।

मनोनयनमा फ्रान्सेली क्लब पीएसजीबाट ४ तथा इटालियन क्लब युभेन्ट्स, स्पेनिस क्लब रियल म्याड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलानबाट समान दुई खेलाडी परेका छन्। मनोनयनको सूचीमा परेका मेस्सी, रोनाल्डो, लेवान्डोस्की र जर्गिन्होलाई अवार्डको दावेदारको रुपमा हेरिएको छ।

गएको एक दशक भन्दा बढी समय देखि बालोन डी’ओरमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले अधिपत्य गर्दै आएका छन्। मेस्सी र रोनाल्डोको अधिपत्य सन् २०१८ मा मात्र तोडिएको थियो। त्यसबेला लुका मोड्रिचले बालोन डी’ओर जितेका थिए।

त्यसपछि सन् २०१९ मा मेस्सीले जित्दा सन् २०२० मा बालोन डी’ओर रद्द भएको थियो। दुई वर्षपछि यस वर्ष बालोन डी’ओर हुँदै गर्दा मेस्सी र रोनाल्डोको यस वर्ष पानि अधिपत्य हुने सम्भावना छ। तर यसपालि बालोन डी’ओर दौडमा मेस्सी बलियो देखिएपनि रोनाल्डो भन्दा केहि कम्जोर देखिन्छन्। हालको अवस्थालाई हेर्ने हो भने रोनाल्डो बालोन डो’ओर दौडमा निम्न खेलाडी भन्दा पछि देखिन्छन्।

एनगोलो कान्टे

केहि महिना पहिला एनगोलो कान्टे ब्यालोन डी’ओरको सबै भन्दा बढी लायक खेलाडी थिए। धेरैले कान्टेले बालोन डी’ओर जित्ने दावी गरेका थिए। त्यसबेला उनी बालोन डी’ओरको एक्ला दाबेदार देखिएका थिए। तर अहिले अवस्था फेरिएको छ।

उनी बालोन डी’ओरका एक्ला हकदार रहेनन्। तरपनि बालोन डी’ओर दौडमा कान्टे रोनाल्डो भन्दा अगाडी नै देखिन्छन्। गएको सिजन कान्टेले चेल्सीका लागि एकनासको प्रदर्शन गरेका थिए। चेल्सीलाई च्याम्पियन्स लिग दिलाउन कान्टेको धेरै महत्वपूर्ण भूमिका थियो।

जोर्गिन्हो

जब २०२०-२१ को सिजन सुरु भयो, थोरैले मात्र सोचेका थिए होलान् बालोन डी’ओर अवार्डको मनोनयनमा जोर्गिन्हो पर्नेछन्। तर वर्षभरी उनले जुन प्रकारको प्रदर्शन गरे, त्यसले उनलाई बालोन डी’ओर दौडको शिर्ष स्थानमा स्थापित गराइदिएको छ।

सन् २०२१ मा उनले धेरै महत्वपूर्ण उपाधिहरु पनि जिते। जोर्गिन्होले चेल्सीबाट च्याम्पियन्स लिग जिते भने इटालीबाट युरो कप। युरोपका महत्वपूर्ण दुई उपाधि जितेका उनले यस वर्ष रोनाल्डोलाई पछि पार्ने स्पष्ट छ।

करीम बेन्जेमा

क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेदेखि जसरी करीमले रियल म्याड्रिडलाई आफ्नो काँधमा बोकिरहेका छन्। त्यो पक्कै पनि तारिफ योग्य छ। गएको केहि वर्ष देखि उनी लगातार धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। उमेर बढ्दै जाँदा उनको स्तर पनि बढ्दै गएको छ।

गएको सिजन उल्लेख्य मात्रामा गोल गरेका उनी नयाँ सिजन शुरु भएपछि पनि उस्तै लयमा देखिएका छन्। गएको ८ लालिगा खेलमा उनले ९ गोल गरिसकेका छन् भने ७ असिस्ट दिएका छन्। यस हिसाबले करीम बेन्जेमा बालोन डी’ओरको हकदार छन्। मनोनयनमा परेका उनले रोनाल्डोले पछि पार्ने लगभग पक्का छ।

रोबर्ट लेवान्डोस्की

अहिलेको अवस्थामा यदि सबै भन्दा बढी बालोन डी’ओरको हकदार छ भने ती रोबर्ट लेवान्डोस्की हुन्। गएको वर्ष जित्ने पक्का भएर पनि उनले बालोन डी’ओर पाउन सकेनन्।

कोरोना महामारीका कारण गएको वर्ष बालोन डी’ओर रद्द भएको थियो। यस वर्ष पनि उनी बालोन डी’ओरको मुख्य दाबेदार हुन्। गएको सिजन गोल नै गोल गरेका उनले ७ खेल खेल्दा ७ गोल गरिसकेका छन्। यस वर्षको बालोन डी’ओरमा लेवान्डोस्कीले रोनाल्डोलाई पछि पार्ने स्पष्ट छ।

लियोनेल मेस्सी

क्रिस्टियानो रोनाल्डो र मेस्सी लामो समय देखि एक अर्काका प्रतिद्वन्दी हुन्। रोनाल्डो भन्दा यदि कसैले बढी बालोन डी’ओर अवार्ड जितेको छ भने ती मेस्सी हुन्।

रोनाल्डोले पाँच पटक बालोन डी’ओर जित्दा मेस्सीले ६ पटक जितिसकेका छन्। अर्जेन्टिनालाई कोपा अमेरिका दिलाएसँगै मेस्सी ७ औं पटक बालोन डी’ओर जित्न क्रममा छन्। यस पटक पनि मेस्सीले रोनाल्डोलाई बालोन डी’ओर दौडमा पछि पार्ने स्पष्ट छ।

प्रकाशित : आइतबार, असोज २४, २०७८१०:२५

के मेस्सी बार्सिलोनाले युरोप लिग खेल्नेमा ढुक्क छन् ?