काठमाडौं – गएको केहि दिन देखि बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। दशैं शुरु भएको पहिलो दिन देखि नै बढ्न थालेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ७ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै बढेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ९० हजार २ सय ५० रुपैंयाँ कायम भएको छ।
गत हप्ता सुनको मूल्य
गत हप्ता छापावाला सुन ८९ हजार ८ सय देखि ९० हजार ६ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुन ८९ हजार ३ सय ५० देखि ९० हजार १ सय ५० रुपैंयाँ सम्ममा कारोबार भयो।
सुन भदौ ३१ यताकै महँगो
आइतबार कायम भएको सुनको असोज महिनाकै महँगो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघमा अनुसार आज कायम भएको सुनको मूल्य भदौ ३१ गते अर्थात २४ दिन यताकै महँगो रहेको छ।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदी रु ५ ले बढेर १ हजार १ सय ७० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

