पिएसजीले च्याम्पियन्स लिग जित्नेमा मेस्सीलाई नै शंका, मेस्सीका अनुसार यी क्लबले जित्न सक्छन् !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फरवार्ड लियोनेल मेस्सीले च्याम्पियन्स लिग जित्ने पिएसजीले नै जित्छ भन्न नमिल्ने बताएका छन्। एक अन्तर्वार्ताका क्रममा मेस्सीले च्याम्पियन्स लिग पिएसजीले जित्छ भनेर धेरैले सोचेको भएपनि त्यस्तो हुन्छ नै भन्ने नरहेको बताएका हुन्।

मेस्सीले पिएसजी बाहेक अन्य क्लबले पनि च्याम्पियन्स लिग जित्न सक्ने बताए। मेस्सीका अनुसार चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड बायर्न म्युनिख र इन्टर मिलान जस्ता क्लबले पनि च्याम्पियन्स लिग जित्न सक्छन्।

“सबैलाई लाग्छ पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग जित्छ। तर, यहाँ अन्य टीम पनि छन्।”,मेस्सीले भने,”त्यहाँ चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड बायर्न म्युनिख र इन्टर मिलान छन्।”

मेस्सीले पिएसजीमा राम्रा खेलाडी रहेको भएपनि टीमको रुपमा उपाधि जित्ने गरी तालमेल मिलिनसकेको संकेत गरे। आफूहरुले एक-अर्कालाई राम्रोसंग चिनेपछि मात्र टीमको रुपमा उत्कृष्ट प्रदर्शन गर्न सकिने मेस्सीले बताए।

“हामीसँग केहि महान खेलाडीहरु छन्। तर हामी अझै एक राम्रो टीमको रुपमा प्रदर्शन गर्न एक अर्कालाई राम्ररी जान्न आवश्यक छ,”,मेस्सीले भने,”उपाधि जित्नको लागि एक भएर खेल्नुपर्नेछ।” ​

पिएसजी सामूहिक अनुभवको मामलामा अन्य क्लबहरु भन्दा केहि कम्जोर रहेको मेस्सीले स्विकारे। उनका अनुसार पिएसजीमा धेरै राम्रा खेल रहेपनि पूर्ण रुपमा टीम सेट हुन बाँकी छन्। टीम राम्रोसंग सेट भैसकेपछि र सबै खेलाडीले एक अर्कालाई बुझ्न थालेपछि पिएसजी बलियो हुँदै जाने मेस्सीको भनाई छ।

उनले भने,”हामी मैले नाम लिएका सबै क्लबहरुको तुलनामा एक कदम पछाडि छौं। उनीहरुसंग हामी भन्दा धेरै सामूहिक अनुभव छ, सेट भैसकेको टीम छ।”

प्रकाशित : आइतबार, असोज २४, २०७८१२:५६

नेपाल भर्सेस भारत: आज यस्तो भए नेपाल सिधै फाइनलमा !