“रोनाल्डोले मेस्सीको स्तरमा पुग्छु भनेर नसोचे पनि हुन्छ, हजार जुनीमा पनि सक्दैनन्”

एजेन्सी – इन्टर मिलानका पूर्व स्ट्राइकर एन्टोनियो कासानोले क्रिस्टियानो रोनाल्डो कहिले पनि लियोनल मेस्सी, माइकल जोर्डन वा रोजर फेडररको उचाईमा कहिल्यै पुग्न नसक्ने बताएका छन् ।

रियल म्याड्रिडमा सफल समय बिताएपनि अस्तव्यस्त खेल जीवन रहेको कारण रोनाल्डोले थुप्रै मौका गुमाएको कासानोले तर्क गरे । फुटबलको अहिले सम्मै उत्कृष्ट खेलाडीका बारेमा मेस्सी र रोनाल्डोलाई राखेका कासानोले अर्जेन्टिनी सुपरस्टारको स्तरमा रोनाल्डो पुग्न नसक्ने बताएका छन् ।

“क्रिस्टियानो रोनाल्डो पूर्ण रुपमा च्याम्पियन हुन् भन्नेलाई म अस्विकार गर्दिन । तर उनी मेस्सीको स्तरमा कहिल्यै पुग्ने छैनन्,” इटालियनले भने, “यो सत्य हो । यो भन्दा कुनै अपमान होइन । मेस्सी जन्म जात प्रतिभावान खेलाडी हुन् । म जहिले पनि रोनाल्डो भन्दा अगाडि उनलाई रोज्छु ।”

“रोनाल्डो आफैं मिहिनेतले बनेका खेलाडी हुन् । तर मेस्सी भनेका माइकल जोर्डन, रोजर फेडेरर र डिएगो म्यारोडोना हुन् । उनीमा त्यस्तो अद्भुत क्षमता छ त्यो हाम्रो जीवनकालमा अरुमा देख्न सकिन्न ।”

खेल जीवनमा आएका थ्रुपै अवसरलाई नगुमाएको भए कासानोले आफुलाई उत्कृष्ट खेलाडीको रुपमा उभ्याउन सक्ने क्षमता भएको मान्छन् । “म क्षमतावान खेलाडी हु । तर मैले आफ्नो जीवन आफै खेर फालें । पाएको अवसर सदुपयोग गर्न सकिन । प्रशिक्षण गर्न अल्छि गरें, अन्य खेलाडीसँग झगडा गरें र मैले सिमा नाघें ,” उनले भने ।

“अहिले मा सुध्रिएको छु । म धन्य छु की मेरो पत्नीले मलाई अहिले राम्रो अवस्थामा ल्याएकी छिन्,” उनले थपे । इटालियन क्लब बारीबाट चर्चामा आएको कासानोले रोमामा टोट्टीसँग उधुम मच्चाएका थिए । त्यसपछि रियल म्याड्रिड आएका उनको करीअरले अपेक्षित मोड लिन सकेन ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४५

जब ३६ वर्षीय रोनाल्डोले १४ सेकेण्डमा ९२ मिटर कुदेर दुनियालाई चकित बनाइदिए [भिडियो सहित]