जब मेस्सीको २० दिनको रेकर्ड रोनाल्डोले २० मिनेट मै तोडेर मेस्सीलाई उनको औकात देखाइदिए !

गत ट्रान्सफर विन्डोलाई पछाडी फर्केर हेर्ने हो भने यो वर्षको समर ट्रान्सफर विन्डो निकै उत्कृष्ट रह्यो। फुटबल जगतका दुई हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको एकै विन्डोमा स्थानान्तरण भएको देख्नु कुनै नौलो कुरा हैन।

बार्सिलोनाको जर्सी नम्बर १० छाडेर पीएसजीमा जर्सी नम्बर ३० लगाउन तयार हुँदै २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेको केहि हप्तापछि नै रोनाल्डोले युभेन्टस छाड्ने चर्चा झनै बढ्दै गएको थियो। म्यानचेस्टर सिटी, पीएसजी तथा रियल म्याड्रिडसँग नाम जोडिएका रोनाल्डो अन्ततः आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेडसँग आवद्ध भए।

एफसी बिजनेसका अनुसार म्यानचेस्टर युनाइटेड रियल म्याड्रिड पछि पृथ्वीमा दोस्रो सबैभन्दा समर्थित क्लब हो। गत दशकबाट मात्र युरोपियन फुटबलमा उदाएको पीएसजी भने नवौं स्थानमा रहेको छ। रोनाल्डो ओल्ड ट्राफोर्डमा फर्कने सहमति भएको घोषणा पछि मात्र क्लबले आफ्नो इन्स्टाग्राम खातामा एक मिलियन भन्दा धेरै अनुयायीहरु प्राप्त गर्न सफल भयो। जसले प्रमाणित गर्छ कि ३६ वर्षीय स्ट्राइकरको प्रभावलाई कम आँकलन गर्न सकिदैन।

जब पीएसजीले अगस्ट १० मा अर्जेन्टिनी स्टार लियोनल मेस्सी क्लबसँग जोडिएको खबर २ मिनेटको भिडियो मार्फत घोषणा गरेको थियो, उक्त पोस्टमा २० दिनमा ९ लाख लाइक प्राप्त हुनुका साथै २ लाख भन्दा बढी पटक रि-ट्वीट भएको थियो। तर जब रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँग सम्झौता गरेको क्लबले घोषणा गर्दै सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्यो तब मेस्सीको पोस्टले प्राप्त गरेको ९ लाख लाइक सानो देखियो।

रोनाल्डो क्लबसँग आवद्ध भएको आधिकारिक घोषणा गर्दै म्यानचेस्टर युनाइटेडले साझा गर्यो उक्त पोस्टले केहि घण्टामा नै १ मिलियन भन्दा बढी लाइक प्राप्त गर्यो र ६ लाख भन्दा बादी रि-ट्वीट गरियो। तुलनात्मक रूपमा म्यानचेस्टर युनाइटेडको फ्यान फलोविंग पीएसजी भन्दा निकै ठूलो सङ्ख्यामा भए पनि रोनाल्डोको बारेमा युनाइटेडले गरेको पोस्टले पीएसजीले मेस्सी बारे गरेको पोस्टलाई ओझेलमा पारेको छ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४४

“यो वर्ष मेस्सीले ब्यालुन डी ओर जिते भने त्यो भन्दा हाँसो लाग्ने कुरा केहि हुँदैन”