यी हुन् फुटबल जगतमा जर्सी नम्बर ७ लगाउने सर्वश्रेष्ठ १० खेलाडी, रोनाल्डो सधैं झैँ १ नम्बरमा !

एजेन्सी – फुटबलमा ७ नम्बरको जर्सी सामान्यतया विंगरस्ले वा दोस्रो स्ट्राइकरहरूले लगाउँछन् तर यो नम्बरको जर्सी केहि प्रख्यात सेन्ट्रल स्ट्राइकरहरूले पनि लगाइसकेका छन्।

७ नम्बरको जर्सी लगाउने १० उत्कृष्ट खेलाडी
कुनै पनि टोलीको सबैभन्दा कुशल खेलाडीलाई ७ नम्बरको जर्सी लगाउने सम्मान दिइन्छ। फुटबलमा सक्रिय र रिटायर्ड केही प्रख्यात खेलाडीहरूले वर्षौंभर आफ्नो टोलीका लागि यो जर्सी लगाएका छन्। यस्तोमा बिना कुनै विशेष क्रममा आज हामी तपाईलाई १० महान खेलाडीका बारेमा बताउँछौं जसले ७ नम्बरको जर्सी लगाए।

१०. राउल गोन्जालेज 

रियाल म्याड्रिडका राउल गोन्जालेज, जसलाई प्राय जसो उनको पहिलो नामले चिनिन्छ, क्लबको प्रसिद्ध इतिहासमा सबैभन्दा प्रख्यात 7 नम्बर मध्य एक मानिन्छ। उनले रियल म्याड्रिडमा १६ वर्षमा ७४१ खेल खेल्दै क्लबको लागि ३२३ गोल गरेका छन्। उनी क्लब इतिहासमा दोस्रो धेरै गोल गर्ने खेलाडी पनि हुन्। उनले क्लबका लागि ६ ला-लिगा उपाधि र ३ च्याम्पियन्स लिग जितेका छन्। त्यस्तै, स्पेनको राष्ट्रिय टोलीको लागि १०२ खेल खेल्दै ४४ गोल गरेका छन्।

९. फ्रान्क रिबेरी 

हाल सिरी-ए क्लब फियोरेन्टिनाबाट व्यावसायिक फुटबल खेल्दा आएका फ्रान्क रिबेरीले जर्मन क्लब बार्यन म्युनिखबाट १२ वर्ष उत्कृष्ट खेल खेले। २००७ मा क्लब रेकर्ड फी मा बार्यनसँग अनुबन्ध भएका रिबेरीले क्लबका लागि १२४ गोल गरेका छन् भने थप १८२ असिस्ट दिएका छन्। ९ बुन्डेसलिगा उपाधि र एक च्याम्पियन्स लिग उपाधि सहित २३ उपाधि जितेका रिबेरीले २०१९ मा बार्यन छोडेका थिए। त्यस्तै, फ्रान्कले फ्रान्स राष्ट्रिय टोलीको लागि ८१ खेलमा १६ गोल गरेका छन्।

८. केभिन किगन

१९७८ र १९७९ का ब्यालुन डी’ ओर विजेता केभिन किगन लिभरपुलका सबैभन्दा सफल खेलाडी मध्य एक हुन्। आफ्नो खेल जीवनमा २०० भन्दा बढी गोल गरेका उनले लिभरपुलको लागि ३२३ खेल खेदै १०० गोल गरेका छन्। उनले लिभरपुल क्लबको लागि ३ लिग च्याम्पियनसिप, यूरोपियन कप, एफए कप र २ यूइएफए कप जितेका छन्।  त्यस्तै, इंग्ल्याण्डको राष्ट्रिय टोलीको लागि  उनले ६३ खेलमा २१ गोल गरेका छन्।

७. डेभिड बेक्याम 

आफ्नो फ्री-किक कलाको लागि प्रसिद्ध डेभिड बेक्याम फुत्ब्वल इतिहास कै उत्कृष्ट खेलाडी मध्य एक हुन्। उनी फुटबल खेलको इतिहासमा सबैभन्दा प्रतिष्ठित नम्बर ७ मध्ये एक हुन्। उनले क्लब जीवनमा म्यानचेस्टर युनाइटेडमा ७ नम्बर जर्सी लगाए। खेल जीवनमा ६ वटा क्लबका लागि खेलेका उनले १२७ गोल गरेका छन् भने थप २०२ असिस्ट दिएका छन्। आफ्नो दुई दशकिय खेल जीवनमा बेक्यामले ६५ गोल फ्री-किकबाट गरेका छन्। त्यस्तै, उनले इंग्ल्याण्डको राष्ट्रिय टोलीको लागि ११५ खेलमा १७ गोल गरेका छन्।

६. एरिक क्यान्टोना 

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा ५ वर्ष बिताएका एरिक क्यान्टोना पनि उत्कृष्ट नम्बर ७ मध्य एक खेलाडी हुन्। आफ्नो खेल जीवनमा ८ वटा क्लबका लागि खेलेका उनले १६५ गोल गरेका छन्। उनले म्यानचेस्टर युनाइटेडमा रहँदा ६१ गोल गर्नुका साथै ८१ असिस्ट दिए। त्यहाँ उनले ४ प्रिमियर लिग, ५ सुपर कप र २ एकए कप जितेका छन्। त्यस्तै, फ्रान्स राष्ट्रिय टोलीको लागि उनले ४५ खेल खेल्दै २० गोल गरेका छन्।

५. लुइस फिगो 

बार्सिलोना र रियल म्याड्रिड दुवै क्लबका लागि खेलेका लुइस फिगोले आफ्नो खेल जीवनमा ४ क्लबका लागि ७९५ खेल खेल्दै १३३ गोल गरेका छन्। सन् २००० का ब्यालुन डी’ ओर विजेता फिगोले पोर्चुगल राष्ट्रिय टोलीको लागि १२७ खेल खेल्दै ३२ गोल गरेका छन्। रियल म्याड्रिडमा आफ्नो खेल जीवनको उत्कृष्ट खेल खेलेका उनले क्लबको लागि ५६ गोल गरेका छन् भने थप ९३ असिस्ट दिएका छन्। उनले क्लबमा रहँदा २ ला-लिगा र एक च्याम्पियन्स लिग पनि जितेका छन्।

४. बास्टियन स्वान्सटाइगर 

क्लब करियरमा ७ नम्बर जर्सी नलगाए पनि बास्टियन स्वान्सटाइगरले जर्मन राष्ट्रिय टोलीको लागि ७ नम्बरको जर्सी लगाएका छन्। बार्यन म्युनिखमा १३ वर्ष बिताएका उनले क्लबको लागि ३४२ खेल खेल्दै ४५ गोल गरेका छन्। त्यस्तै, जर्मन राष्ट्रिय टोलीको लागि उनले १२१ खेलमा २४ गोल गरेका छन्। २०१४ को विश्वकपमा जर्मनीलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलका स्वान्सटाइगरले बार्यन म्युनिखमा हुँदा ८ बुन्डेसलिग र एक च्याम्पियन्स लिग पनि जितेका छन्।

३. जर्ज बेस्ट

जर्ज बेस्ट फुटबलको इतिहासमा सबैभन्दा प्रसिद्ध खेलाडी मध्ये एक हुन्। फिफाले सार्वजनिक गरेको शताब्दीका उत्कृष्ट खेलाडीको सूचीमा छैठौं स्थानमा आएका बेस्टले आफ्नो क्लब करियरमा ७०५ खेल खेल्दै २५१ गोल गरेका छन्। म्यानचेस्टर युनाइटेडमा एक दशक खेलेका जर्जले क्लबको लागि २ लिग उपाधि, २ सुपर कप र एक एक एफए कप र यूरोपियन च्याम्पियन्स क्लब कप जितेका छन्। त्यस्तै, उनले नर्दन आइरल्याण्डको लागि ३७ खेलमा ९ गोल गरेका छन्।

२. गार्रिन्का

म्यानुअल फ्रान्सिस्को डस सान्टोस, अधिक गार्रिन्का भनेर चिनिने, यथोचित रूपमा फुटबल इतिहास कै उत्कृष्ट ड्रइबलरहरू मध्ये एक हुन्। ब्राजिलले १९५८ र १९६२ को विश्वकप जित्दा टोलीका महत्वपूर्ण खेलाडी रहेका थिए गार्रिन्का। विशेषगरी १९६२ को विश्वकपमा पेले घाइते भएपछि उनले ब्राजिललाई विजेता बनाउन निकै महत्वपूर्ण भूमिका खेले। उनी उक्त प्रतियोगितामा सर्वाधिक गोलकर्ता थिए र गोल्डेन बल पनि जितेका थिए।

१. क्रिस्टियानो रोनाल्डो 

फुटबल इतिहासमा सर्वोत्कृष्ट खेलाडी मध्य एक क्रिस्टियानो रोनाल्डो यस खेलमा ७ नम्बर जर्सी लगाउने सर्वोत्कृष्ट खेलाडी भन्दा फरक पर्दैन। ५ पटकका ब्यालुन डी’ ओर विजेता रोनाल्डोले आफ्नो खेल जीवनमा ४ वटा क्लबको लागि खेल्दै अहिलेसम्म अनगिन्ती गोल गरिसकेका छन्। क्लब जीवनको उत्कृष्ट खेल रियल म्याड्रिडमा हुँदा खेलेका उनले रियलको लागि ४३८ खेलमा ४५० गोल गरेका छन्। उनले रियलमा हुँदा २ ल-लिगाका साथै ४ च्याम्पियन्स लिग पनि जिते। त्यस्तै, पोर्चुगल राष्ट्रिय टोलीको लागि अहिलेसम्म ११५ गोल गरिसकेका छन्। उनी अहिले पनि सक्रिय रूपमा व्यावासाहिक फुटबल खेलिरहेको हुँदा अझै थुप्रै गोल गर्ने पक्का नै छ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४४

रोनाल्डोका छोराले मेस्सीलाई पुड्के भनेपछि…..