यस्तो रहेछ क्रिस्टियानो रोनाल्डोको नाम पछाडीको रहस्य, तपाईंलाई थाहा छ ?

क्रिस्टियानो रोनाल्डो: यो नाम धेरैलाई पक्कै पनि थाहा हुनुपर्छ। विशेषगरी फुटबल समर्थकको लागि यो नामको परिचय दिनु पर्ने जरुरत नै छैन। विश्वभर सबैभन्दा प्रसिद्ध नाम मध्ये एक नाम हो क्रिस्टियानो रोनाल्डो। म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्दै आएका पोर्चुगिज कप्तान रोनाल्डोको बारेमा धेरै भन्दा धेरै तथ्य जान्ने जो कोहिको पनि इच्छा हुन्छ। आज हामी ५ पटकका ब्यालुन डी ओर विजेता क्रिस्टियानो रोनाल्डोका ५ रोचक तथ्यको बारेमा तपाईंलाई जानकार गराउँछौं जुन तपाईंलाई थाहा नहुन पनि सक्छ।

फिफा पुस्कास अवार्ड जित्ने पहिलो खेलाडी 

सन् २००९ मा फिफाले वर्षकै सर्वोत्कृष्ट गोललाई सम्मान गर्नको लागि फिफा पुस्कास अवार्ड दिने निर्णय गर्यो। उक्त अवार्ड उत्कृष्ट भन्दा उत्कृष्ट गोल गर्न माहिर हंगेरियन स्ट्राइकर फेरेन्क पुस्कासको नामबाट रहेको हो। म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डोले पार्टो विरुद्ध गरेको उत्कृष्ट गोलले सबैभन्दा पहिलो पुस्कास अवार्ड जित्न सफल भयो।

आर्सनलसँग अनुबन्ध हुन निकै नजिक 

पोर्चुगलमा एक क्षमतवान युवा खेलाडीको रूपमा विकसित हुँदै गर्दा इंग्ल्यान्डका दुई क्लबको नजर रोनाल्डो माथि पर्यो। एक त म्यानचेस्टर युनाइटेड जसले उनलाई अनुबन्ध गर्यो। तर आर्सनलका तत्कालिन प्रशिक्षक आर्सन वेंगर पनि रोनाल्डोलाई अनुबन्ध गर्न चाहन्थे। पछि पियर्स मोर्गनसँगको अन्तर्वार्तामा स्वयम् रोनाल्डोले स्वीकारेका थिए कि उनी आर्सनलसँग अनुबन्ध हुन निकै नजिक थिए।

सख्त फिटनेस दिनचर्या 

युरो कप २०२० चलिरहँदा एक प्रेस सम्मेलनमा रोनाल्डोले आफ्नो अगाडी रहेका दुई कोका-कोलाको बोतल हटाउँदै पानी पिउन सबैलाई सुझाव दिएका थिए। तर उनी पनि पहिले यस्ता सफ्ट-ड्रिंक गर्ने गर्थे। तर अहिले भने उनी फिटनेस फ्रिक भएका थिए र समयसँगै उनले आफ्नो डाइटमा सख्त प्रोटोकल अनुसरण गर्न थाले। उनी कच्चा कुखुरा मात्र खान्छन् र धेरै पानी पिउँछन्। उनी र-क्सी वा कुनै पनि क्याफिनेटेड पेय पदार्थ पनि सेवन गर्दैनन्।

स्कुल निकाला 

यो कुरा सबैलाई राम्ररी थाहा छ कि रोनाल्डो पोर्चुगलको एक टापु माडेइरामा हुर्केका थिए। उनी पढाईमा त्यति राम्रो थिएनन्, जसको कारण उनलाई विभिन्न समस्या हुने गर्थ्यो। १४ वर्षको उमेरमा, उनले आफ्नो शान्तपन गुमाए र एक स्कूल शिक्षकलाई कुर्सीले झटारो हाने। त्यहिकारण उनलाई स्कुलबाट निकाला गरियो। तर उनले फुटबल प्रतिको पूरा विश्वासका साथ समर्पित भए।

उनको नाम क्रिस्टियानो रोनाल्डो रहनुको कारण 

८० को दर्शकमा पोर्चुगलमा जन्मिएका बच्चाको लागि रोनाल्डो नाम एक असामान्य नाम हो र यसको एक कारण छ। सन् १९८५ तिर रोनाल्ड रिगन अमेरिकाका राष्ट्रपति थिए र उनी पूरै विश्वमा निकै प्रचलित थिए। रिगन हलिउड फिल्महरुमा एक अभिनेताको रूपमा पनि निकै प्रसिद्ध थिए। रोनाल्डोका बुबा रिगनका ठूला फ्यान थिए जसको कारण उनले आफ्ना छोराको नाम पूर्व अमेरिकी राष्ट्रपतिबाट प्रभावित भएर रोनाल्डो राखेका थिए।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४९

लापोर्टाले यतिसम्म गरेर बार्सिलोनाबाट मेस्सीलाई लखेटेका रहेछन् !