“यदि रोनाल्डोले ‘घोडाको गु’ खाएको देखें भने मैले पनि खान्छु”

म्यानचेस्टर युनाइटेड खेलाडीले रोनाल्डोको आगमनसँगै पोर्चुगिज स्टारको डाइट फलो गरिरहेकोमा आफूलाई कुनै आश्चर्य नभएर ट्रोए डेनीले स्वीकार गर्दै यदि रोनाल्डोले ‘घोडाको गु’ खाएको देखे भने आफूले पनि खाने खुलासा गरेका छन्।

१२ वर्षपछि यहि सिजन मात्र युनाइटेड फर्किएका ३६ वर्षीय स्ट्राइकरले क्लबमा उत्कृष्ट सुरुवात गरेका छन्। न्युकासल विरुद्धको डेब्यु खेलमा २ गोल गर्दै युनाइटेडलाई ४-१ को जीत दिलाउन सफल भएका रोनाल्डोले च्याम्पियन्स लिग डेब्युमा पनि गोल गर्न सफल भएका थिए। तर उक्त खेलमा रोनाल्डोको गोलबाट अग्रता लिएको युनाइटेडले उक्त अग्रता जोगाउन नसक्दा योंग बोइजसँग २-१ ले पराजित हुन पुग्यो। पोर्चुगिज कप्तान रोनाल्डोले रेड डेभिलका लागि सुरुवाती ७ खेलमा ५ गोल गरेका छन्।

३६ वर्षको उमेरमा पनि आफ्नो खेल स्तर कतै कम हुन नदिएका रोनाल्डोले निकै कडा डाइट प्लानको पालना गर्छन्। उनको शारीरिक स्थिति अझै पनि युवा अवस्थाका खेलाडीको जस्तै रहेको छ। यस्तोमा, यहि समरमा वाटफर्डबाट बर्मिंहम प्रस्थान गरेका डिनीले जोड दिए कि रोनाल्डोको फिटनेसले युनाइटेड टिममेटहरुलाई प्रभाव पार्न सुरु गरिसकेको छ।

डेनीले भने,”यदि मैले कुनै खेल अगाडी रोनाल्डोले ‘घोडाको गु’ खाएको देखें भने म पनि खान्छु।”

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४२

“मेस्सी, रोनाल्डो र नेयमार गएर केहि हुँदैन: लालिगामा लर्ड भिनिसियस छन्, नो टेन्सन”