जब अमिताभले ४४ वर्ष कान्छी नायिकासँग रोमान्स गरे …

एजेन्सी – बलिउडका महानायक अमिताभ बच्चन गएको ५ दशक भन्दा बढी समय देखि बलिउडमा छन्। उनले अहिले सम्म हरेक प्रकारका चलचित्रमा काम गरिसकेका छन्। अमिताभले आफ्नो फिल्मी करियरमा धेरै फरक कथा भएका चलचित्रमा समेत काम गरेका छन्। त्यस्तै फरक चलचित्र मध्ये एकमा पर्छ चलचित्र ‘निशब्द’।

त्यस चलचित्र सन् २००७ मा आएको थियो। चलचित्रमा अमिताभका अलावा जिया खान प्रमुख भूमिकामा थिइन्। चलचित्रमा अमिताभ र जियाले किस समेत गरेका थिए।

चलचित्र उपन्यास लोलिता र हलिउड फिल्म ‘अमेरिकन ब्यूटी’ बाट प्रेरित थियो। अमिताभले त्यस चलचित्रमा एक विवाहित पुरुषको भूमिका निभाएका थिए भने जियाले अमिताभकी छोरीको साथिको भूमिका निभाएकी थिइन्।

जिया र अमिताभ दुवै प्रेममा परेको र दुई बीचका भएका सबै अन्तरङ्ग दृश्य चलचित्रमा देखाइएको थियो। चलचित्र रिलिज हुँदा अमिताभ ६४ वर्षका थिए भने जिया १९ वर्षकी थिइन्। चलचित्रमा अमिताभले ४४ वर्ष कान्छी नायिकासँग रोमान्स गरेका थिए।

२० दिनमा तयार भएको थियो चलचित्र

बताइएअनुसार, चलचित्रको छायाँकन मात्र २० दिनमा सकिएको थियो। चलचित्रले रिलिज पछि खासै चर्चा पाउन भने सकेन। चलचित्र बक्सअफिसमा फ्लप मात्र भएन, चलचित्रले अमिताभलाई आलोचित पनि गरायो। चलचित्र फल्प भएपछि अमिताभले त्यस्ता चलचित्रमा कहिले पनि काम गरेनन्।

प्रकाशित : सोमबार, असोज २५, २०७८१४:५२

यी कलाकारका सिक्स प्याक नक्कली थिए, सबै भन्दा बढी नक्कली सिक्स प्याक देखाउने को ?