पेनाल्टी हान्न को छ अगाडी ? रोनाल्डो कति नम्बरमा ?

एक फुटबल खेलाडीको लागि सबैभन्दा नर्भस क्षण हुन्छ जब ऊ पेनाल्टीको लागि जान्छ। यो पूर्णताको लडाई मात्र होइन, तर बौद्धिकता र कठिन स्थितिमा अनुकूल हुन सक्ने क्षमताको परिक्षा पनि हो। सर्वश्रेष्ठ पेनाल्टी टेकरहरुसँग यी गुणहरू हुन आवश्यक छ।

कुनै समयमा पेनाल्टीमा गोल गर्न खेलाडीलाई दबाब हुँदैन, जस्तै; यदि कुनै खेलमा ४-० ले अगाडी रहेको टोलीले पेनाल्टी पायो भने उक्त समयमा पेनाल्टी प्रहार गर्ने खेलाडीमा त्यति दबाब हुँदैन। तर कुनै महत्वपूर्ण खेलमा पेनाल्टी नै निर्णायक बन्दै छ भने त्यो समयमा कुनै पनि खेलाडी माथि ठूलो दबाब हुने गर्छ। यस्तो समयमा खेलाडीको मानसिकता तथा क्यारेकटर टेस्ट हुने गर्छ।

आज हामी फुटबल खेल जगतका सबैभन्दा उत्कृष्ट ५ पेनाल्टी टेकरको बारेमा तपाईंलाई बताउँछौं….

१. म्याट ले टिजियर 

अन्तराष्ट्रिय स्तरमा खासै आफ्नो छाप छोड्न असफल उनी क्लब स्तरमा साउथह्याम्पटनका सर्वोत्कृष्ट पेनाल्टी टेकर थिए। उनलाई यस सूचीको अग्रस्थानमा राख्नुको मुख्य कारण भनेको उनको पेनाल्टीलाई गोलमा परिणत गर्ने दर रहेको छ। उनले आफ्नो करियरमा प्रहार गरेको पेनाल्टी मध्ये ९८ प्रतिशत पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। उनले आफूले प्रहार गरेको ४९ पेनाल्टीमा ४८ ओटा पेनाल्टी गोलमा परिणत गरेका छन्।

२. फ्रान्क लाम्पार्ड 

पूर्व चेल्सी मिडफिल्डर पनि फुटबलका महान् पेनाल्टी टेकर मध्ये एक हुन्। उनले आफ्नो करियरमा कुल ५२ पेनाल्टी किक लिएका छन्। जस मध्ये ४८ पटक उनी त्यस पेनाल्टीलाई गोलमा परिणत गर्न सफल भए। उनले लिएको कुल पेनाल्टी मध्ये ९३ प्रतिशत पेनाल्टीलाई गोलमा परिणत गर्न सफल भए।

३. एलान सियरर 

न्युक्यासल लेजेण्ड सियरर प्रिमियर इतिहास कै सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्। पावर शटका लागि प्रख्यात सियररले प्रिमियर लिगमा कुल २६० गोल गर्न सफल भएका छन्। उनको पेनाल्टीलाई गोलमा परिणत गर्ने दर ८३.६ प्रतिशत रहेको छ। उनले आफ्नो करियरमा लिएको ६७ पेनाल्टी मध्ये ५६ पेनाल्टीलाई गोलमा परिवर्तन गर्न सफल भए।

४. ग्राहाम एलीजेन्डर 

उनको पेनाल्टी रेकर्ड पनि फुटबल इतिहास कै सर्वोत्कृष्ट मध्ये एक रहेको छ। उनको बारेमा ठोस तथ्यांक नभएता पनि केहि रेकर्डहरुका अनुसार उनले ७७ पेनाल्टीबाट ७२ पटक गोल गर्न सफल भएका छन्। यो तथ्यांकले उनलाई यस सूचीमा सजिलै स्थान दिलाउन सक्छ।

५. क्रिस्टियानो रोनाल्डो 

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सम्भवत सक्रिय खेलाडीहरुमा सबैभन्दा उत्कृष्ट पेनाल्टी टेकर हुन्। उनले आफ्नो उत्कृष्ट करियरमा हालसम्म १११ पेनाल्टी प्रहार गरेका छन् जसमा ९३ पटक उनी गोल गर्न सफल भएका छन्। उनले आफूले प्रहार गरेको ८३.७८ प्रतिशत पेनाल्टीलाई गोलमा परिणत गरेका छन्।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४८

२०२२ विश्वकप अन्तिम हुनेछ यी ६ दिग्गज खेलाडीको, मेस्सी-रोनाल्डो पनि सूचीमा !