सन्यासी मेस्सीबाट प्रभावित भएका एम्बाप्पे ? फ्रान्सका लागि सन्यास लिने गरेछन् सोच !

युरो च्याम्पियन्ससिप २०२० को अन्तिम १६ मा स्विजरल्याण्ड विरुद्ध निर्णयक पेनाल्टी मिस गरेपछि फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको लागि सहज रहेन। पेनाल्टी मिस गरेपछि कयौं आलोचना खेप्नु परेको २२ वर्षीय स्ट्राइकरले एक समय फ्रान्स राष्ट्रिय टोलीबाट सन्यास लिने सम्म सोचेका थिए।

फ्रेन्च मिडियामा भएको आलोचना र उनको व्यक्तित्व माथि उठेको प्रश्न चिन्हले पनि विश्व विजेतालाई नराम्रोसँग असर गर्यो। फ्रेन्च राष्ट्रिय टोलीका आफ्ना सहकर्मीहरुले समेत उक्त पेनाल्टी मिसपछि राम्रो व्यवहार नगरेको उनलाई महशुस भयो। जसपछि आफूप्रतिको आलोचना र घृणा सहन नसकेपछि एम्बाप्पेले एक पटक फ्रान्स राष्ट्रिय टोलीबाट सन्यास लिने बारे समेत सोचेको खुलासा गरेका छन्।

पीएसजी स्टारले एल’एकुइपेसँग कुरा गर्दै भने,”म बिना नै फ्रान्सको राष्ट्रिय टोली खुशी र सफल हुन्छ भने म राष्ट्रिय टोली छाड्न तयार छु। मैले फ्रान्सेली राष्ट्रिय टीमबाट खेल्नको लागि एक यूरो पनि लिएको छैन। म सधैं मेरो राष्ट्रिय टीम को लागी नि: शुल्क खेल्ने छु। त्यो भन्दा माथि म समस्या हुन चाहन्न।”

फुटबल जगतमा यस्तो घटना हुनु कुनै नौलो कुरा भने हैन। सन् २०१६ मा कोपा अमेरिका फाइनलमा चिल्लीसँग पराजित भएपछि अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पनि राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका थिए। उक्त खेलमा मेस्सीले पनि अर्जेन्टिनाको लागि पेनाल्टी मिस गरेका थिए। जसअघि २०१४ मा विश्वकप फाइनल र २०१५ मा कोपा अमेरिका फाइनलमा पराजित भएका मेस्सीले लगातार तेस्रो वर्ष तेस्रो पटक फाइनल खेलको हार सहन सकेनन्।

तर केहि समयपछि सन्यास फिर्ता लिने घोषणा गर्दै अर्जेन्टिनी राष्ट्रिय टोलीमा फर्किएका मेस्सीको कप्तानीमा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका २०२१ को उपाधि जित्न सफल भयो।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४८

“मेस्सीले पीएसजीमा एम्बाप्पेको चाकडी गरेर बस्नुपर्छ”