यी १७ भाग्यमानी खेलाडी जसले मेस्सी र रोनाल्डो दुबैसंग खेल्ने मौका पाए [सूची सहित]

एजेन्सी – विश्व फुटबलमा एक दशक बढी एकछत्र राज गरेका पोर्चुगिज सुपर स्टार फरवार्ड रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सीसँग खेल्ने जो कोही खेलाडीको चाहना हुन्छ । तर सीमितले मात्रै यो अवसर पाउने गर्दछन् ।

मेस्सी र रोनाल्डोले क्लब फुटबलमा सम्भव सबै उपाधि जितेका छन् । थुप्रै कीर्तिमान तोडेका छन् । बढ्दो उमेरका बाबजुद उनीहरुको व्यक्तिगत प्रदर्शन पनि उत्तिकै गज्जव छ । उनीहरुको हैक खेलको प्रदर्शन हेर्न लायक नै हुनेछ । तर, समय सधै त्यस्तै रहिरहँदैन ।

रोनाल्डोले सन् २०१८ मा कीर्तिमानको पोको बनाएको रियल म्याड्रिड छाड्दै इटालियन महारथी युभेन्ट्स हुँदै अहिले म्यानचेस्टर युनाइटेड पुगेका छन् । क्याटलान क्लब बार्सिलोनामा सब थोक जितेका मेस्सी पनि यसै सिजन मात्र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध भएका छन् ।

रोनाल्डो र मेस्सी दुवैसँग खेल्नेको सूची छोटो छ । पीएसजीमा मेस्सीको आगमनसँगै अब यो सूची स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस समावेश हुने भएका छन् । मेस्सी बार्सिलोनामा र रामोस रियलमा रहँदा यी दुई बीच राम्रो सम्बन्ध नरहेपनि अब यी दुईले एक आपसमा खेल्नेछन् ।

रियल म्याड्रिडका पुर्व कप्तान सर्जियो रामोसले रोनाल्डोको साथमा स्पेनमा अत्यन्त सफल वर्षहरु बिताएका छन् । अब रामोसले विश्व फुटबलका अर्का हस्ती लियोनेल मेस्सीसँग दुई वर्ष पीएसजीमा खेल्नेछन् । मेस्सी र रामोस दुवैले पीएसजीमा २ वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै फ्रि एजेन्टमा पीएसजी पुगेका हुन् ।

रामोसले केही समयअघि मात्र मेस्सी विश्वको सर्वश्रेष्ठ खेलाडी मध्येको एक रहेको र मेरो टिममा सर्वश्रेष्ठ खेलाडीलाई चाहेको बताएका थिए । चोटका कारण रामोस टोली बाहिर रहँदा मेस्सी र रामोसले सँगै खेलेको हेर्न केही समय कुर्नुपर्नेछ ।

रोनाल्डो र मेस्सीसँग खेल्नेको सूची

एन्जल डि मारिया (रियल म्याड्रिड –रोनाल्डो र अर्जेन्टिना –मेस्सी)

पाउलो डिबाला (युभेन्ट्स –रोनाल्डो र अर्जेन्टिना – मेस्सी)

जेरार्ड पिके (म्यानचेस्टर युनाइटेड – रोनाल्डो र बार्सिलोना –मेस्सी)

कार्लाेस टेभेज (म्यानचेस्टर युनाइटेड – रोनाल्डो र अर्जेन्टिना –मेस्सी)

इजेक्वेल गाराए (रियल म्याड्रिड –रोनाल्डो र अर्जेन्टिना –मेस्सी)

फर्नान्डो गागो (रियल म्याड्रिड – रोनाल्डो र अर्जेन्टिना – मेस्सी)

आन्द्रे गोमेज (पोर्चुगल –रोनाल्डो र बार्सिलोना –मेस्सी)

डेको (पोर्चुगल –रोनाल्डो बार्सिलोना –मेस्सी)

गोन्जालो हिगुइन (रियल र युभेन्ट्स – रोनाल्डो र अर्जेन्टिना – मेस्सी)

नेल्सन सेमेडो (बार्सिलोना – मेस्सी रोनाल्डो – पोर्चुगल)

अर्थर (बार्सिलोना –मेस्सी र युभेन्ट्स –रोनाल्डो)

मिरालेम प्यानिच (युभेन्ट्स – रोनाल्डो र बार्सिलोना – मेस्सी)

ट्रिन्काओ (बार्सिलोना – मेस्सी र पोर्चुगल –रोनाल्डो)

मार्टिन कासेरेस (बार्सिलोना –मेस्सी र रोनाल्डो –युभेन्ट्स)

हेनरिक लार्सन (म्यानचेस्टर युनाइटेड – रोनाल्डो र बार्सिलोना – मेस्सी)

गाब्रिल हेइन्ज (म्यानचेस्टर युनाइटेड – रोनाल्डो र बार्सिलोना – मेस्सी)

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४८

“रोनाल्डो मेरो साथी भएनी मलाई मतलब छैन, उनी भन्दा मेस्सी निकै उत्कृष्ट हुन्”