रोनाल्डोको सम्पत्ति कुम्ल्याउन मात्र जर्जिना उनीसंग बिहे गर्न लागेको आरोप, तर सफल हुन नदिने !

एजेन्सी – पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोकी आमा मारिया डोलोरेसले जर्जिना रोद्रिगेजलाई बुहारीको रुपमा देख्न नचाहेको खुलासा भएको छ। स्पेनिस खेल मिडिया मार्काले रोनाल्डोकी आमा मारियाले जर्जिनालाई बुहारीको रुपमा जर्जिना देख्न नचाहेको खुलासा गरेको हो।

मार्काले दावी गरेअनुसार रोनाल्डोले जर्जिनालाई विवाह गर्नुपर्छ भन्ने पक्षमा मारिया छैनन्। जर्जिनाले रोनाल्डोलाई सम्पत्तिका लागि मात्र विवाह गर्न चाहेको मारियाको बुझाई रहेको मार्काले आफ्नो समाचारमा उल्लेख गरेको छ।

जर्जिना सन् २०१७ देखि रोनाल्डोसँग प्रेम सम्बन्धमा छिन्। त्यससमय यता उनी रोनाल्डोसँगै बस्दै आएकी छन्। रोनाल्डो युभेन्टसबाट म्यानचेस्टर युनाइटेड पुगेपछि जर्जिना म्यानचेस्टरमै छिन्।

जर्जिना रोनाल्डो सँग-सँगै ४ सन्तानको पनि राम्रो रेखदेख गरिरहेकी छन्। जर्जिना छोरी एनालाकी आमा रहेकी छन् । क्रिस्टियानो जुनियरकी आमा बारे भने अहिले सम्म कसैलाई थाहा छैन। त्यस्तै जुम्ल्याहा छोरी इभा र छोरा म्याटियो सरोगेसीमार्फत् जन्मिएका थिए।

बताइएअनुसार जर्जिना रोनाल्डोसँग विवाह गर्न चाहन्छिन्। तर रोनाल्डोको परिवारका कारण रोनाल्डो र उनको विवाह रोकिएको छ। एक पटक रोनाल्डोसँग विवाह गर्ने योजना बारे प्रश्न गरिँदा जर्जिनाले विवाहको निर्णय आफूमा मात्र भरनपर्ने बताएकी थिइन्। रोनाल्डोले अहिले सम्म विवाहको प्रस्ताव नगर्नुमा उनकी आमाको असन्तुष्टि कारक रहेको बताइन्छ।

रोनाल्डोकी आमा मारियालाई आफ्नो छोरोको सम्पत्ति देखेर विवाह गर्न चाहेको लाग्ने गरेको छ। मारियाले हालसालै जर्जिनासँग राम्रो सम्बन्ध रहेको बताएकी थिइन्। साथै उनले रोनाल्डोलाई जर्जिनाले धेरै सहयोग गरेको पनि बताएकी थिइन्। यसका बाबजुत उनी आफ्ना छोरासँग उनको विवाह होस् भन्ने चाहनन्न।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४८

यी ५ खेलाडी जसले ठूला खेलमा खतरा नै खेल्छन्, रोनाल्डो त ठिकै हो मेस्सी कसरी भए ?