गयराती भएको फाइनल खेलमा स्पेनलाई २-१ ले पराजित गर्दै विश्व विजेता फ्रान्सले युईएफए नेसन्स लिगको उपाधि जित्न सफल भयो। पहिलो गोल स्पेनले गरेको खेलमा फ्रान्सका लागि करिम बेन्जेमा र किलियण एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पुनरागमन जीत दिलाउन सफल भए।

युवा स्टार किलियण एम्बाप्पेले गरेको गोल भने निकै विवादित बनेको छ। फ्रान्सका थियो हर्नान्डेजले दिएको पास अफ-साइडको स्थितिमा रहेका एम्बाप्पेले रिसिभ गर्दै गोल गरेका थिए। तर उक्त बल स्पेनका डिफेन्डर एरिक गार्सियाले खेल्ने प्रयास गरेको भन्दै खेलका अफिसियलहरुले २२ वर्षीय स्ट्राइकरले गरेको गोललाई मान्यता दिएका थिए।

थियोले एम्बाप्पेलाई दिएको बलले गार्सियालाई छोयो जसको कारण रेफ्रीले त्यसलाई छुट्टै प्ले मान्दै एम्बाप्पेलाई अफ-साइड घोषित गरेनन्। स्पेनिस कप्तान सर्जियो बुस्केटका अनुसार खेल सकिएपछि आफ्नो टोलीलाई रेफ्रीले सोहि स्पोष्टि दिएको बताएका छन्।
https://youtu.be/LJZSui1Av2M
“एमबाप्पे अफसाइड थिए, तर रेफ्रीले भने कि एरिक बलको लागी गए, जसको कारण एक नयाँ चरण शुरू भयो,” बुस्केट्सले आरटीभीईलाई भने,”यो कुरा अर्थहिन रहेको छ। गार्सिया एम्बाप्पे अन-साइड छन् भन्ने सोचेर बल क्लियर गर्न गए, जुन हरेक डिफेन्डरले गर्ने गर्छन्।”

