शरीरको कुन भागमा कस्तो रुद्राक्ष लगाउने ? हेर्नुहोस् !

रुद्राक्ष कलियुगमा भगवान शिवको प्रत्यक्ष रूप हो, यसलाई शिवको आँसु मानिन्छ। रुद्राक्ष लगाउँनुको धेरै फाइदाहरू छन्, तर ती लाभहरू प्राप्त गर्नको लागि केही आधारभूत र आवश्यक नियमहरू पालना गर्नु आवश्यक छ। त्यसैले हामी तपाईंलाई ती केही नियमहरूको बारेमा बताउँदैछौँ ।

रुद्राक्षले तपाईंको चाहनाहरू पूरा गर्छ, रुद्राक्षको फरक फरक संख्याले बनेको माला शरीरको विभिन्न भागहरूमा लगाइन्छ । शिवपुराण र श्रीमद्देवी भागवतमा पनि शरीरको कुन भागमा कतिवटा रुद्राक्षको माला लगाउनुपर्दछ भन्ने कुरा उल्लेख गरिएको छ ।

५० रुद्राक्षको माला 

शिवपुराणका अनुसार यदि तपाई ५० रुद्राक्षको माला लगाउन चाहानुहुन्छ भने त्यो हृदयमा लगाउनु पर्छ। तपाईं यसलाई मालाको रूपमा लगाउन सक्नुहुन्छ। यस्तै २० दानाको माला भने तपाईं आफ्नो शिरमा लगाउन सक्नुहुन्छ ।

१६ मोतीका साथ रुद्राक्ष

श्रीमद्देवी भागवतका अनुसार १६  मोतीसहितको रुद्राक्षको माला तपाईं आर्मलेट्समा लगाउनु पर्छ। १२ रुद्राक्षको माला भने नाडीमा लागउनु पर्छ ।

१०८ मोतीका साथ रुद्राक्ष

१०८  मोतीका साथ रुद्राक्षको माला लगाउनेहरूले अश्वमेध यज्ञको फल पाउँछन्। यो तपाईंले आफ्नो गलामा लगाउन सक्नुहुन्छ । यस्तै  १०८ मोतीको माला जप गरेर १० गुणा बढी फल पाइन्छ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१४:३२

यस्ता अलौकिक शक्तिका धनी हुन्छन् यी राशि हुनेहरु !