धार्मिक महत्व नै महत्व भएको केराको बोटले चम्काउन सक्छ भाग्य !

केराको रूखलाई एकदम पवित्र मानिन्छ र धेरै धार्मिक कामहरूमा प्रयोग गरिन्छ। भगवान विष्णु र देवी लक्ष्मीलाई केरा चढाईंन्छ। केराको पातमा धार्मिक कार्यको  प्रसाद पनि वितरण गरिन्छ। आउनुहोस्, केराको  बोटको ५  चमत्कारिक फाइदाहरू जान्नुहोस् ।

वैज्ञानिक परिचय

केरामा मुख्यतया भिटामिन-ए, भिटामिन-सी, थायामिन, रईबो-फ्लाभिन, नियासिन र अन्य खनिज तत्त्वहरू हुन्छन्। यसमा पानीको मात्रा  ६४.३ प्रतिशत, प्रोटीन १.३  प्रतिशत, कार्बोहाइड्रेट २४.७ प्रतिशत र तेल पदार्थ ८.३ प्रतिशत हुन्छ ।

आयुर्वेदिक फाइदा

केरा सबै मौसममा सजिलै पाइने एकदम पौष्टिक र स्वदिस्ट फल हो । केरा चाखलाग्दो, मीठो, वीर्य र मासु बढाउने, आँखाको समस्याको लागि निकै फाइदाजनक हुन्छ । पाकेको केरा नियमित  खानाले हाम्रो शरीर स्वस्थ र पुष्ट हुन्छ । यसले रुघा, रक्तपात, जस्ता समस्याबाट पनि मुक्ति दिन मद्दत  गर्छ ।

वास्तु सम्बन्धि सल्लाह

घरको मुख्य प्रवेशद्वार र पछाडि केराको बोट लगाउनुहोस्। केराको बोट वरिपरि सफा राख्नुहोस्। केराको डाँठमा रातो धागो बाँध्नुहोस् ।

धार्मिक र ज्योतिषीय फाइदा

भनिन्छ कि केराको बोटमा साक्षात भगवान विष्णु र लक्ष्मीको वास हुन्छ । आउनुहोस्, केराको बोटको प्रमुख धार्मिक र ज्योतिषीय फाइदाहरू जान्नुहोस् ।

१.घरमा सन्तान सधैं खुशी र संकटबाट टाढा रहन्छन् ।

२.मानिन्छ कि समृद्धिको लागि केराको बोटको पूजा गर्नु निकै उत्तम हुन्छ ।

३. घर नजिकै केराको बोट लगाउनाले बृहस्पति ग्रहको शुभ फल मिल्छ ।

४.वैवाहिक जीवनमा रहेका कठिनाई हटाउँछ । अविवाहित केटीहरूको चाँडै विवाह हुन्छ ।

५.केराको  बोट उच्च शिक्षा र ज्ञान प्राप्त गर्न सहयोगी  हुन्छ , किनकि यसले  निरन्तर शान्ति र सकरात्मक ऊर्जा प्रदान गर्छ ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१४:३९

विवाह अगाडी नै होस् पुर्याउनहोस्: यी राशि बिचको प्रेम विवाह सफल हुँदैन् !