विवाह अगाडी नै होस् पुर्याउनहोस्: यी राशि बिचको प्रेम विवाह सफल हुँदैन् !

काठमाडौँ – आजभोलीका युवायुवती प्रेममा रहेर एकअर्कालाई नबुझि विवाह गर्ने गर्छन् । यदि तपाईलाई कुनै व्यक्तिको मन पर्नु, उसले गरेको हरेक व्यवहार मन पर्नु, सामान्य कुरा हो । तर तपाई आफ्नो प्रेम सम्बन्ध जीवन्त राख्न चाहनुहुन्छ भने ज्योतिष शास्त्रलाई विश्वास गर्नुहुन्छ भने विवाह गर्नु अगाडी धेरै कुरामा ख्याल गर्नु पर्ने हुन्छ । प्राय व्यक्तिहरुको विवाहमा राशीफलले निकै महत्वपूर्ण भूमिका निभाएको हुन्छ । कुनै कुनै व्यक्तिलाई राशीफलले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । आज हामी तपाईहरुलाई प्रेम र विवाहमा मेल नखाने राशीहरुको बारेमा जानकारी दिन गइरहेका छौँ ।

मेष राशी र वृष राशी :  मेष राशी र वृष राशी हुने भएका व्यक्तिको स्वभावमा फरक पर्ने भएकाले यी दुईको विवाह सफल हुँदैन् । वृष राशी हुने व्यक्तिको स्वाभाव भावुक र संवेदनशील हुने र मेष राशी हुने व्यक्ति उर्जाले भरिएको हुन्छन् । यी राशी भएका व्यक्तिको विवाह सम्भव हुँदैन् ।

कर्कट र मकर राशी : यी दुई राशी भएका व्यक्तिको स्वाभाव जिद्दी हुने भएकोले यीनीहरुको बीचमा हरेक कुरा मतभेद हुन्छ । यीनीहरु बीचको सम्बन्धमा केही समयमा नै फाटो आउन सक्छ । त्यसैले प्रेम विवाह गर्दा राशीलाई विशेष ध्यान दिनु जरुरी हुन्छ । यी राशी हुने व्यक्तिले कुनै पनि काम मिलेर गर्न सक्दैनन् त्यसैले कर्कट र मकर राशी बिच विवाह नगर्दा नै राम्रो हुनेछ ।

वृश्चिक र मिथुन राशी : यी दुई राशीको सम्बन्धले उनीहरु बिचमा मात्र नभएर परिवार र समाजका अन्य व्यक्तिको सम्बन्धमा समस्या आउन सक्छ । वृश्चिक राशी भएका व्यक्ति
रहस्यमयी गम्भिर स्वभावका हुने र मिथुन राशी भएका व्यक्ति हसिलो हाँसी मजाक गर्ने भएकाले यी दुईको सम्बन्ध खासै राम्रो हुँदैन् ।

धनु राशी र वृष राशी : एक अर्काको भावना नमिल्ने यो राशी भएका व्यक्तिहरुको सम्बन्ध खासै राम्रो मानिदैन् । उनीहरुको भावना नमिलेको कारण नै सधै जस्तो विवादमा आउने गर्छन् । त्यसकारण उनीहरुको सम्बन्ध धेरै समय टिक्दैन् ।

वृष राशी र सिंह राशी :  यी दुई राशी एउटा संकालु र अर्को रिसालु स्वभाव हुने भएकाले उनीहरुले एकअर्काको भावना बुझ्दैनन् । त्यसकारण यो राशी हुने व्यक्तिहरुको सम्बन्ध धेरै समयसम्म टिकाउन सकिदैन् ।

धनु राशी र मकर राशी :  धनु राशी भएका व्यक्ति जिद्धी स्वभावका हुने गर्छन् । मकर राशी भएका व्यक्ति धनु राशी हुने व्यक्तिको तुलनामा ठिक विपरित हुने भएकोले यी दुई राशीको सम्बन्धमा छिट्टै फाटो आउँछ । यी दुई राशी भएका व्यक्तिहरु आर्थिक कुरामा सधै विवादमा आउने गर्छन् ।

वृष राशी र मिथुन राशी :  वृष राशी भएका व्यक्ति भावुक र संवेदनशील स्वभावका हुने गर्छन् । मिथुन राशी हुने व्यक्ति हाँसी मजाक गर्ने स्वाभावका हुन्छन् । उनीहरुको पनि स्वभाव नमिल्ने भएकाले सम्बन्धमा फाटो आउने सम्भावना धेरै रहेको हुन्छ । यीनीहरुको बीचमा धनको विषमा सधै विवाद हुने गर्छ ।

प्रकाशित : सोमबार, असोज २५, २०७८१४:५५

यस्ता घरमा सधैँ लक्ष्मीले गर्छिन् बास !