बुद्धका अनुसार ४ प्रकारका हुन्छन् पुरुष, तपाई यसमध्ये कुन ?

एक समय सिद्धार्थ बुद्ध प्रवचन दिदै  गर्दा,जसरी उनको प्रवचन सकियो जिज्ञासु  राजाले उनीसंग भने, ‘हे सिद्धार्थ, तपाइले आफ्नो प्रवचनमा ४ प्रकारको पुरुषको कुरा गर्नुभयो। तर ति ४ प्रकारका पुरुष को हुन र कस्ता हुन्छन? कृपया बुझाउनुहोस्।’

भगवान बुद्धले आफ्नो अनुयायीको यस प्रश्नमा उत्तर दिदै भने, ‘पुरुष चार प्रकारका हुन्छन । पहिलो अन्धकारबाट अन्धकारमै जाने, दोस्रो अन्धकारबाट उज्यालोतिर जाने, तेस्रो उज्यालोबाट अध्यारोमा जाने र चौथो उज्यालोबाट अझै उज्यालोमा जाने हुन्छन।’

अगाडी बुद्ध भन्छन्,  “पहिलो श्रेणीको पुरुष, जब कोहि पुरुष आफ्नो पुरा जीवन नराम्रो काम गर्दै बिताउछन्, त्यस्ता व्यक्ति सधै अन्धकारबाट अन्धकारमै जान्छ ।

त्यस्तै दोस्रो श्रेणीको पुरुषमा ‘जब कोहि पुरुष जन्मेदेखि नै राम्रो र उच्च कुलको नभए पनि उसको कर्म, वचन र सोच राम्रो छ भने त्यस्ता व्यक्ति अन्धकारबाट उज्यालोतिर जाने गर्छन।’

तेस्रो श्रेणीको  पुरुष त्यो हो जो राम्रो कुलमा जन्मेको छ, बलवान छ, उसको शरीर निकै आकर्षक छ तर मन, वचन र कर्मले दुष्ट छ भने त्यस्ता व्यक्ति उज्यालोबाट अध्यारोमा जाने गर्छ।

चौथो श्रेणीको पुरुष जो राम्रो कुलमा जन्मेको र आफ्नो आचरणदेखि निकै शुद्ध र पवित्र छ भने यस्ता पुरुष उज्यालोबाट अझै उज्यालोतिर नै जाने गर्छन।”

प्रकाशित : सोमबार, असोज २५, २०७८२१:४९

भोलि फूलपाती, फूलपाती भित्र्याउन साइत चाहिन्छ कि चाहिँदैन ?