अहिलेको समयमा धेरै मानिसहरुले पत्थरीको समस्या भोग्नु भएको होला । जसले पत्थरीको समस्या भोग्नु परेको छ उसलाई यसको पिडा थाहा हुन्छ । त्यस समयमा यस्तो लाग्छकी प्राण जादै छ । अधिक मोटोपन, कुनै नकारात्मक औषधि, खानपानको सन्तुलन नमिल्दा पत्थरी हुन सक्छ ।
पत्थरी किड्नी तथा मुत्र थैलीमा हुनसक्छ । यस्तो अवस्थामा जब पत्थरी पिशाब थैलीमा अड्किन्छ तब निकै दुख्छ । तर अनुभवी व्यक्तिहरुको भनाइअनुसार आयुर्वेदमा भनिएको सानो उपायले पिसाब नलिमा फसेको पत्थरी बाहिर निकाल्न सहयोग गर्दछ ।
यस्ता छन पिशाब नलीमा फसेको पत्थरी निकाल्ने घरेलु उपाय:
भारतको एक अनुभवी आयुर्वेदिक डाक्टर इन्क्रेडिबल आयुर्वेदका संस्थापक डा अबरार मुल्तानीले आफ्नो सामाजिक सञ्जाल मार्फत पिशाब नलीमा फसेको पत्थरी निकाल्ने उपाय बताएको छन् । उनको भनाइ अनुसार पिशाब नलीमा रहेको पत्थरी निकाल्न घरेलु उपाय अनुसार जम्मा २-३ दिनमा निकाल्न सकिन्छ ।
डाक्टर अबरारका अनुसार मात्र एक पाकेको केरा लिनुहोस् । त्यसपछि केराको गुदीमा पुदिनाको २-३ टुक्रा लगाउनुहोस र खानुहोस् । यति खाइसकेपछि मन तातो आधा गिलास दुध र पानि पिउनुहोस् । यसरी दैनिक सेवन गर्नाले २ देखि ३ दिनमा तपाइको पिशाबमा रहेको पत्थरी बाहिर आउछ।

