यी कलाकार जो आफ्नो छोराछोरीलाई फिल्मी घरानामा बिहे गराउन चाहन्थे

फिल्म इंडस्ट्रीमा यस्ता धेरै कलाकार हुन्छन् जोसँग काम गर्ने हरेकको सपना हुन्छ । तर बलिउडमा केहि कलाकारहरु यस्तो पनि छन् जो आफ्नो छोराछोरीलाई  फिल्मी घरानेको परिवारमा  बिहे होस् भन्ने चाहन्थे। तर कुनै न कुनै कारण उनीहरुको ईच्छा पूरा भएन। यस लिस्टमा हेमा मालिनी, अमिताभ बच्चन, रणधीर कपूर र विनोद खन्नाको नाम आउँछ। थाहा पाउनुहोस् ति स्टारको बारेमा :-

हेमा मालिनी

हेमा मालिनी आफ्नी जेठी छोरी ईशा देओलको बिहे अमिताभ बच्चन र जया बच्चनको छोरा अभिषेक बच्चनसँग गराउन चाहन्थिन्। उनले अभिषेकमा एक आदर्श श्रीमानको  गुण देखेकी थिइन्। तर ईशाले यो सम्बन्धलाई  अस्वीकार गरिन्। उनले आफ्नी आमालाई  आफुले  अभिषेकलाई भाइ जस्तै व्यवहार गर्ने  बताएकी थिइन्। त्यसपछि बिहेको कुरा अघि बढेन।

राजेंद्र कुमार

बलिउडमा  राजेन्द्र कुमार र राज कपूरको मित्रता निकै चर्चित थियो। राजेन्द्र कुमार आफ्नो छोरा कुमार गौरवको बिहे राज कपूरकी छोरी रीमा कपूरसँग गराउन चाहन्थे। उनले दुबैको इन्गेजमेन्ट पनि तय गरेका थिए। तर अभिनेत्री विजेता पंडितसँग  गौरवको घनिष्ठता बढ्दै थियो। त्यसपछि रीमासँगको सम्बन्ध टुट्यो। त्यसपछि गौरव कुमारले सुनिल दत्तकी छोरी नम्रता दत्तसँग विवाह गरे।

रणधीर कपूर

रणधीर कपुर आफ्नो जेठी छोरी करिश्मा कपूरलाई अमिताभ बच्चनको छोरा अभिषेक बच्चनसँग बिहे गरून् भन्ने चाहन्थे।
अभिषेक र करिश्मा एक अर्कालाई धेरै मन पराउँथे। दुवैले इन्गेजमेन्ट पनि गरेका थिए। तर पछि यो सम्बन्ध पनि टुट्यो।
विनोद खन्ना

विनोद खन्ना आफ्नो छोरा अक्षय खन्ना रणधीर कपूरकी छोरी करिश्मा कपूरसँग बिहे गरून् भन्ने चाहन्थे। तर दुबै को बिहे
पनि तय भएको थियो। तर यो सम्बन्ध करिश्माकी आमा बबिता कपूरको कारण हुन सकेन। बबिता करिश्मा आफ्नो करियरको
उचाईमा बिहे गरून् भन्ने चाहन्न थिइन्।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:३७

को थिइन् त सलमान खानकी पहिलो प्रेमिका ?