यी अभिनेत्री जसले सर्जरी गरेर आफ्नो अनुहार बिगारे !

हिन्दी सिनेमा जगतमा सधैँ चर्चित रहनको लागी निकै मिहिनेत गर्न पर्छ। चाहे मिहिनेत गर्न होस् वा अभिनय नै होस्।  बलिउडमा सधैँ रहनको लागि निकै मुश्किल छ। साथै बिहे र बच्चा भएपछि अभिनेत्रीले काम पाउन निकै गाह्रो हुन्छ। यस्तो अवस्थामा अभिनेत्रीहरु एकअर्का भन्दा अगाडि आउन र इन्डस्ट्रीमा रहिरहन प्लास्टिक सर्जरीको सहारा लिन्छन्।   ति मध्ये यी हुन् ति अभिनेत्री जसले प्लास्टिक सर्जरीको  सहारा लिए।

श्रीदेवी

बलिउड अभिनेत्री श्रीदेवी इन्डस्ट्रीमा आफ्नो सुन्दरताको लागि चर्चित छिन्।  श्रीदेवीले आफ्नो लुक्स परिवर्तन गर्नका लागि ओठको शल्यक्रिया गरेकी थिइन्। तर केहि कारणले त्यो गलत हुन पुग्यो। प्रायः मिडियामा श्रीदेवी आफैं क्यामेराबाट आफूलाई जोगाउँथिन् । श्रीदेवीको शल्यक्रिया पछि केही बेरमै  उनको मृत्यु भएको थियो।

अनुष्का शर्मा

‘रब ने बना दी जोडी’ बाट बलिउडमा डेब्यू गर्ने अभिनेत्री अनुष्का शर्माले पनि ओठको शल्यक्रिया गरेकी थिइन्।  जब अनुष्का शर्मा फिल्म ‘पीके’ मा दर्शकहरुको अगाडि ठूलो पर्दामा आए तब उनले ओठको सर्जरीको बारेमा धेरै सुन्न परेको थियो। त्यसपछि उनले आफ्नो ओठको सेप अझै राम्रो बनाएकी थिइन्।

प्रियंका चोपडा

बलिउडकी देसी गर्ल प्रियंका चोपडाले पनि ओठको शल्यक्रिया गरेकी छन्। यति मात्रै नभई प्रियंकाले आफ्नो नाकको शल्यक्रिया पनि गराएकी छन् । अहिले उनको लुकमा पूरै परिवर्तन भएको छ।

कट्रिना कैफ

बलिउडको सुन्दर अभिनेत्री कट्रिना कैफको नाम पनि यस लिस्टमा पर्छ। जब कट्रिना फिल्म इंडस्ट्रीमा आएकी थिइन् तब उनको ओठ निकै पातलो थियो।  पछि उनले सर्जरी गरेर शेप बद्लिएकी थिइन्। उनको अनुहारमा भएको परिवर्तन देख्न सक्छौँ।

आयशा टाकिया

अभिनेत्री आयशा टाकिया प्राय आफ्नो सर्जरीको कारण चर्चामा रहन्छिन्। आयशाले थुप्रै सर्जरी गरेकी छन् जसकारण उनको अनुहार चिन्न पनि गार्हो पर्छ। आयशाले निकै ट्रोलिंगको पनि सामना गर्नुपरेको थियो।

 

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८२१:३३

बलिउडको यी अभिनेत्रीलाई सार्वजनिक स्थलमा नै सलमानले गरेका थिए बेईज्जत् !