सलमान देखि शाहिद सम्म, यी बलिउड कलाकारका छन् एकभन्दा धेरै आमा

बलिउड इंडस्ट्री एक यस्तो उद्योग हो जहाँ एक भन्दा धेरै विवाह हुनु कुनै ठूलो कुरा होइन। यतिमात्र नभई केहि कलाकारले 
यहाँ ३ देखि देखि ४ विवाह गरेका छन्। यहीकारण यस इंडस्ट्रीमा धेरै कलार छन् जसको एक भन्दा धेरै आमा छन्। यी 
बलिउड कलाकारका बुबाले एक भन्दा बढी विवाह गरेका छन्,जसको कारण उनीहरुको आमा धेरै भएका हुन्। थाहा
पाउनुहोस् यी कलाकारको बारेमा जसको एकभन्दा धेरै आमा छन्।          
    
रेखा गनेशन 

यसमा सबैभन्दा पहिला नाम रेखाको आउँछ। जसको आमाको नाम पुष्पावली हो ,जो तामिल र तेलुगु फिल्मको हिरोइन रहिसकेका छन्। पुष्पावलीको जेमिनी गणेशनसँग अफेयर थियो। रेखाको पिता जेमिनी गनेशनले पुष्पावलीसँग बिहे गरेपछि तीन बिहे गरेका थिए। त्यसैकारण उनको आमा ४ जना छन्।

सलमान खान


बलिउडको दबंग खान सलमानको पनि एक नभई २ जना आम छन्। सलमान खानको आमाको नाम शुशिला चारक हो भने उनको दोस्रो आमाको नाम हेलन हो। हेलन निकै राम्रो डान्स गर्थिन्। तर सलीमसँग बिहे गरेपछि उनले त्यस प्रोफेशनलाई  छोडिन्। अहिले उनलाई सलमानको आमाको रुपमा चिनिन्छ। उनीहरु दुवैजना एकै घरमा रहन्छन्।

शाहिद कपूर

बलिउडको चकलेटी ब्वाय र कबीर सिंह भनिने चर्चित अभिनेता शाहिद कपूरको ३ जना आमा छन्। शाहिद कपूर पंकज कपूर र नीलिमा अजीमको छोरा हुन्। पंकज कपूरले दुई  विवाह गरेका हुन्।  नीलिमा अजीमको कुरा गर्ने हो भने उनले तीन  बिहे गरेकी हुन्।  त्यसैले शाहिद कपूरको दुई जना आमा र तीन पिता छन्।

सनी देओल

बलिउड एक्शन हिरो सनी देओल यस इंडस्ट्रीको एक प्रसिद्ध अनुहार हो। सनी देओलका दुई आमा छन्। सनी देओल पिता धर्मेन्द्र र प्रकाश कौरका छोरा हुन्। धर्मेन्द्रले दोस्रो ड्रीम गर्ल अर्थात हेमा मालिनीसँग बिहे गरेका हुन् । धर्मेन्द्रले प्रकाश कौरसँग सम्बन्धविच्छेद नगरी हेमा मालिनीसँग विवाह गरे।

फरहान अख्तर

बलिउड अभिनेता  फरहान अख्तर पनि दुई आमा छन्। उनी  जावेद अख्तरको पहिलो श्रीमतीको छोरा हुन्। जावेद अख्तरले  शबाना आजमीसँग दोस्रो विवाह गरेका हुन् ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:३७

शोले’, ‘बाजीगर’ सहित यी ५ हिट फिल्मको अन्त्यमा देखाईएको थिएन वास्तविक अन्त्य !