यी बलिउड अभिनेत्रीको छ सिक्स प्याक , देखेर तपाई पनि पर्नुहुन्छ फिदा !

बलिउड कलाकार आफ्नो फिट बडी र सिक्स प्याक ऐब्सलाई लिएर निकै क्रेजी छन्। अहिले लगभग सबै अभिनेताको सिक्स प्याक ऐब्स छ। तर  फिटनेसको क्रेज अभिनेतामा मात्र नभई अभिनेत्रीमा पनि छ। केहि अभिनेत्रीहरु सिक्स प्याकको लागि निकै मिहिनेत गर्छन्। आज हामी तपाईलाई ति अभिनेत्रीको बारेमा बताउँछौं जोसँग सिक्स प्याक छ :-

परिणीति चोपडा

बलिउड अभिनेत्री परिणीति चोपडा फ्याट टु फिट ट्रांसफर्मेशनको एक महान उदाहरण हो। जब उनले बलिउडमा कदम राखेकी थिइन् तब उनको वजन धेरै थियो। तर वरुण धवनसँग “जानेमन आह” गीतमा उनले आफ्नो ट्रांसफर्मेशनबाट सबैलाई छक्क पारेका थिए। नाइकीको लागि उनको फोटोशूटको पनि चर्चामा रहेको थियो।

दिशा पाटनी

दिशा पाटनीलाई बलिउडको फिट अभिनेत्रीको रुपमा चिनिन्छ। उनलाई प्राय जिममा देख्न सकिन्छ। उनी घन्टौँसम्म जिममा पसीना बहाउँछिन्। उनी आफ्नो एक्सरसाइज र डाइटको पालन राम्रोसँग गर्छिन्।

कट्रिना कैफ

३८ वर्षीय उमेरमा पनि कट्रिना कैफ फिटनेसमा धेरैलाई मात दिन्छिन्। उमेर बढ्नुको साथै उनी झनै आकर्षक भएकी छन्। उनी जिममा घन्टौँ  एक्सरसाइज गर्छिन् र डाइटको पूरा ध्यान राख्छिन्। कट्रिना सोशल मीडियामा आफ्नो सिक्स प्याक एब्स धेरै गरिरहन्छिन्।

ज्याकलीन फर्नांडिस

यस लिस्टमा  ज्याकलीन फर्नांडिसको नाम पनि पर्छ। अभिन बाहेक उनी फिटनेसको कारण पनि चर्चामा रहन्छिन्। आफुलाई फिट राख्नको लागि ज्याकलिन योग, जिम वर्कआउट र डाइटको सहारा लिन्छिन्।

मंदिरा बेदी

४९ वर्षीय मंदिरा बेदी आफ्नो फिटनेसको कारण चर्चामा रहन्छिन्। उनी सामाजिक संजालमा आफ्नो बडी फ्लंट गरिरहन्छिन्। उनको तस्विरलाई देखेर उनको उमेर पनि थाहा पाउन सकिदैन।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:३७

जब यी अभिनेत्ताले मुख्य कलाकारभन्दा धेरै चर्चा पाए !