बलिउडमा कुनै पनि कलाकार वा निर्माता-निर्देशकलाई जब उनीहरुको फ्लप फिल्मको बारेमा सोधिन्छ अब उनीहरुको उत्तर फिल्म कलाकारको लागि नै राम्रो छ। दर्शकलाई मन परोस कि नपरोस। यधपी बलिउडको केहि कलाकार यस्तो छन् जसले आफ्नो फिल्मको असफलतालाइऐ स्वीकार गर्नुको साथै त्यसलाई आफ्नो करियरको बेकार फिल्म बताए। थाहा पाउनुहोस् कुन कलाकारले कुन फिल्ममा काम गर्दा अफसोस माने।
सैफ अली खान
अभिनेता सैफ अली खानले एउटा फिल्ममा काम गरेका थिए। जसको नाम थियो ‘हमशकल्स’। एक अन्तर्वार्तामा सैफले बताएका थिए कि यो फिल्म गर्नु उनको लागि गल्ति थियो। उनले भने,’ य्स्लैई हेरेर देखेर मैले सोचे कि मैले यो फिल्ममा के गरिरहेकी थिए। मलाई मह्सुसु भयो कि मैले आआफ्नो फ्यानलाई निराश बनाए। ” २०१४ मा आएको यो फिल्मलाई साजिद खानले निर्देशित गरेका थिए।
शाहिद कपूर
एक पटक शाहिद कपूरलाई सोधिएको थियो कि उनी कुन फिल्ममा काम गर्नमा पछुताउँछन्। यसमा शाहिदले बिना हिचकिचाहट भने कि फिल्म ‘शानदार’ (२०१५) सूचीमा सबैभन्दा माथि छ। अभिनेताले यस्तै शैलीमा आफ्नो दोस्रो फिल्मको नाम पनि भनेका थिए। शाहिदले भने कि उनी ‘चुप चुप के’ गर्न चाहन्न थिए। अर्को फिल्म ‘वाह! ‘लाइफ हो तो ऐसी’ को बारेमा, उनले भने कि उनको विश्वास थियो कि यो एक अन्तर्राष्ट्रिय स्तरको फिल्म बनिरहेको थियो तर टीमसंग कम्प्यूटर ग्राफिक्स स्किल त्यति थिएन।
कट्रिना कैफ
कट्रिना कैफको डेब्यू फिल्म ‘बूम’ सन् २००३ मा रिलीज भएको थियो। यस फिल्ममा कट्रिनाको भूमिकाको धेरै आलोचना भएको थियो।कट्रिनाले यस बारेमा भनेकी थिइन् कि जब उनले यो फिल्मको साइन गरेकी थिइन् तब उनलाई भारतीय संस्कृति र परम्पराको बारेमा थाहा थिएन। मलाई यो थाहा नभएको भए कहिले पनि यो फिल्ममा काम गर्दिन थिए। यो फिल्म ज्याकी श्राफको श्रीमती आयशा श्राफद्वारा निर्माण गरिएको थियो। फिल्म फ्लप भएको थियो।
अभय देओल
जे बोल्न मन लाग्यो त्यो बोल्ने अभय देओलको बनाई छ। अभिनेतालाई २०१० मा ‘आयशा’ फिल्म गर्नुमा पछुताएका थिए। यो फिल्म अभिनयभन्दा धेरै कपडाको बारेमा थिए। फिल्म क्रिटिक्सले पनि कपडाको तारिफको बारेमा लेखेको बताएको थियो।
प्रियंका चोपडा
प्रियंका चोपडा फिल्मको छनोटको मामिला धेरै गम्भीर छिन् । यधपी एकपटक उनको गल्ती भएको थियो। यो स्वीकार गर्दै अभिनेत्रीले भनेकी थिइन् कि उनी दक्षिण अभिनेता राम चरणको बलिउड डेब्यू ‘जंजीर’ को हिस्सा बन्न पाउँदा खुसी थिइनन्। अभिनेत्रीले २०१३ मा रिलिज भएको फिल्मलाई सम्झिएर पछुताउँदै भनिन्, ‘कहिलेकाहीँ हामी गल्ती गर्छौं’ ।